०१ साउन २०८३, शुक्रबार

‘दुई नम्बरी’ निर्माताले ‘हात्तीछाप’ चलचित्र बनाउने

मंसिर १०, २०७९
‘दुई नम्बरी’ निर्माताले ‘हात्तीछाप’ चलचित्र बनाउने
तस्वीर – ‘दुई नम्बरी’ चलचित्रको दृश्यमा अभिनेताद्धय सौगात मल्ल र बुद्धि तामाङ ।

यसवर्षको सफलमध्येको चलचित्र ‘दुई नम्बरी’का निर्माता किरण नेपाली नयाँ चलचित्र निर्माणको तयारीमा जुटेका छन् । निर्माता नेपालीले ‘हात्तीछाप’ नामक चलचित्र निर्माण गर्न लागेका हुन् । 

यसअघि घोषणा गरेको ‘पोई पर्‍यो बुढो’को छायांकन भने उनले पोष्टपोन्ड गरेका छन् । 

आगामी चैत महिनादेखि छायाँकन शुरु गर्नेगरी ‘हात्तीछाप’ चलचित्रको तयारीमा जुटेको निर्माता नेपालीले बताए । चलचित्रलाई सफल लेखक प्रदीप भारद्धाजले लेखेका हुन् । ‘हात्तीछाप नामक चलचित्रको कथा पढेपछि म प्रभावित भएँ । त्यसैले, पहिला यो चलचित्र बनाउने निर्णय गरेका हुँ’, निर्माता नेपालीले भने, ‘पोई प¥यो बुढो यो चलचित्रपछि बन्छ ।’ 

रेड बर्ड प्रोडक्शनको प्रस्तुतिमा यो चलचित्र बन्नेछ । सामाजिक कथावस्तुमा निर्माण हुने चलचित्रमा नाम चलेका कलाकार रहने निर्माता नेपालीको भनाइ छ ।

चलचित्रको निर्देशक र कलाकार केही दिनमा फाइनल हुने र पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी दिने उनले बताए । हात्तीछाप’ लाई सस्पेन्स, थ्रिलर र कमेडी जनरामा निर्माण गरिनेछ । तीन वर्षअघि प्रदर्शनमा आएको किरणको ‘पोइ पर्यो काले’ले पनि राम्रो व्यापार गर्न सफल भएको थियो । ‘दुई नम्बरी’ भने यसैवर्षको असोजमा प्रदर्शनमा आएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्