२४ जेठ २०८३, आइतबार

सर्लाही २ बाट नेसपाका महिन्द्र राय यादव निर्वाचित, राजेन्द्र महतो पराजित

मंसिर १०, २०७९
सर्लाही २ बाट नेसपाका महिन्द्र राय यादव निर्वाचित, राजेन्द्र महतो पराजित

प्रतिनिधि सभातर्फ सर्लाही २ बाट नेपाल समाजवादी पार्टीका नेता महिन्द्र राय यादव निर्वाचित भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोलाई पराजित गर्दै यादव प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका हुन् । 

अन्तिम मत परिणामअनुसार यादवले २३ हजार ५२९ मत प्राप्त गरे । उनका निकटम प्रतिष्पर्धी महतोले २१ हजार ५१८ मत प्राप्त गरे । तेस्रो स्थानमा रहेका नेकपा एमालेका राजनारायण साहले १४ हजार ८१९ मत पाए । जनमत पार्टीका नरेशप्रसाद कुशवाहाले ६ हजार ५५४ मत पाए । 

यादव सत्तारुढ गठबन्धनका साझा उम्मेदवार हुन् । उनले नेकपा माओवादी केन्द्रको निर्वाचन चिह्नबाट निर्वाचन लडेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्