३० असार २०८३, मंगलबार
दाेलखामा चुनाव

दोलखाका १० मतदान केन्द्रमा फेरि चुनाव गराउने आयोगकाे निर्णय

मंसिर ११, २०७९
दोलखाका १० मतदान केन्द्रमा फेरि चुनाव गराउने आयोगकाे निर्णय

निर्वाचन आयोगले दोलखाका १० वटा मतदान केन्द्रमा पुनः मतदान गराउने निर्णय गरेको छ । 

‘मंसिर १५ गते भित्र चुनाव दोलखाका १० वटा मतदान केन्द्रका चुनाव गराउन आयोगले निर्देशन दिएको छ’, निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले लोकान्तरलाई बताए । 

दाेलखाका विभिन्न मतदान केन्द्रमा कांग्रेसका कार्यकर्ताले बुथ कब्जा गरेको भन्दै नेकपा एमाले दाेलखाले मत गणना हुन दिएकाे थिएन् । त्यसपछि निवार्चन आयाेगकाे टाेली पठाएर स्थलगत अध्ययन गर्न लगाएकाे थियाे । 

 निर्वाचन आयोगले खटाएको टोलीले स्थलगत अध्ययनपछि गरेको सिफारिसका आधारमा वैतेश्वर गाउँपालिका र तामाकोशी गाउँपालिकाका १० मतदान केन्द्रमा पुनः मतदान गर्न आयोगले निर्देशन दिएको शर्माले बताए । 

अध्ययन टोलीको सिफारिसको आधारमा आयोगका आयुक्त रामप्रसाद भण्डारीले आयोगको बैठकमा दोलखाका १० मतदान केन्द्रमा पुनः चुनाव हुनुपर्ने प्रस्ताव पेश गरेका थिए ।

अब वैतेश्वर गाउँपालिका वडा नम्बर ६ वैतेश्वर माध्यामिक विद्यालय मतदान केन्द्र क, ख र गमा फेरि चुनाव हुने भएको छ । 

त्यसैगरी, वडा नम्बर २ जनज्योति माविका दुई मतदान केन्द्र र तामाकाेशी गाउँपालिका–३ को जफे हेल्थपोष्ट मतदान केन्द्रका दुई बुथमा फेरि चुनाव हुने भएको छ । 

बैतेश्वर गाउँपालिकाकै कालिढुंगा माध्यामिक विद्यालयको क, ख र ग मतदान केन्द्रमा फेरि मतदान हुने निर्णय निर्वाचन आयोगले गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्