२३ असार २०८३, मंगलबार

प्रतिनिधिभन्दा प्रदेश सभामा धेरै मत बदर

मंसिर ११, २०७९
प्रतिनिधिभन्दा प्रदेश सभामा धेरै मत बदर
फाइल तस्वीर

चितवनमा यही मंसिर ४ गते सम्पन्न निर्वाचनमा मत बदरको संख्या प्रतिनिधि सभामा भन्दा प्रदेश सभामा बढी भएको छ । जिल्लाका प्रतिनिधि सभाका तीन निर्वाचन क्षेत्रमा भन्दा प्रदेश सभाका ६ क्षेत्रमा धेरै मत बदर भएको हो ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार तीन प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्रमा ११ हजार ६ सय २८ मत बदर भएको छ भने प्रदेशका ६ निर्वाचन क्षेत्रमा १६ हजार एक सय १७ मत बदर भएको छ । चितवन क्षेत्र नं १ मा प्रतिनिधि सभातर्फ तीन हजार ६ सय २१ मत बदर भएको छ । जहाँ ९५ हजार ४१ मत खसेको थियो । 

यस्तै क्षेत्र नं २ मा तीन हजार दुई सय ५० मत बदर भएको कार्यालयले जनाएको छ । जहाँ ८७ हजार दुई सय ४० मत खसेको थियो । क्षेत्र नं ३ मा चार हजार सात सय ५७ मत बदर भएको छ । यस क्षेत्रमा ९४ हजार दुई सय ८० मत खसेको थियो ।

यस्तै निर्वाचन क्षेत्र नं १ प्रदेश सभा १ मा दुई हजार नौ र प्रदेश सभा २ मा एक हजार नौ सय ४३ मत बदर भएको छ । 

निर्वाचन क्षेत्र नं २ प्रदेश सभा १ मा तीन हजार ५० र प्रदेश सभा २ मा तीन हजार दुई सय ८४ मत बदर भएको छ । त्यसैगरी क्षेत्र नं ३ प्रदेशसभा १ मा तीन हजार दुई सय ४८ मत र प्रदेशसभा २ मा दुई हजार ६ सय १९ मत बदर भएको छ ।

कार्यालय प्रमुख भीमसेन कार्कीले मतदाता शिक्षा गाउँगाउँमा पुगेको भए पनि बदर हुने संख्यामा कमी आउन नसकेको बताए । प्रतिनिधि सभामा भन्दा प्रदेश सभामा मत बढी बदर हुनुमा मतदाताले मत संकेत नगरी मतदान गरेको धेरै पाइएको उनको भनाइ छ । 

मतदाताले मत संकेत गर्दा बाहिर गरेको, दुई चिह्नमा मतदान गरेको जस्ता गल्ती मतपत्र भेटिएको उनले बताए । उनले भने, ‘प्रदेश सभाको मतपत्रमा मतदाताले मत संकेत नगरेको र दुई ठाउँमा मतदान गरेका मतपत्र धेरै छन् ।’
 

salt training

कमेन्ट गर्नुहोस्