×

NMB BANK
NIC ASIA

बाँकेमा ६४ हजार मत बदर

मंसिर १३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

यही मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा बाँकेबाट मात्रै ६४ हजार एक सय ३८ मत बदर भएको देखिएको छ । बदर मतमध्ये प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ १५ हजार दुई सय २१, प्रदेश सभा सदस्य निर्वाचनको प्रत्यक्ष निर्वाचन प्रणालीको १२ हजार एक सय ५६ मत बदर भएको छ । त्यस्तै समानुपातिकतर्फ प्रतिनिधि सभातर्फ १६ हजार दुई सय ७० र प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीको २० हजार चार सय ९१ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

Muktinath Bank

बाँकेको निर्वाचन क्षेत्र नं १ मा एक लाख २१ हजार एक सय मतदाता भएकामा खसेको मत ७५ हजार नौ सय ७४ थियो । खसेको सो मतमध्ये ७० हजार आठ सय ११ सदर भएको थियो भने पाँच हजार एक सय ६३ मत बदर भएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्वाचन क्षेत्र नं २ मा ९७ हजार आठ सय नौ मतदाता भएकामा ६७ हजार पाँच सय ११ मत खस्यो । खसेको मतमध्ये ६२ हजार ६ सय एक सदर भयो भने चार हजार नौ सय ५० बदर भयो । 


Advertisment
Nabil box
Kumari

निर्वाचन क्षेत्र नं ३ मा एक लाख १३ हजार तीन सय २२ मतदाता भएकामा ७४ हजार एक सय ८२ मत खसेकामा ६९ हजार ७४ मत सदर भयो र पाँच हजार एक सय आठ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय बाँकेकी प्रमुख रमा पन्तले जानकारी दिनुभयो । 

Vianet communication
Laxmi Bank

निर्वाचन क्षेत्र नं १ को (१) मा ५५ हजार आठ सय ४५ मतदाता भएकामा ३३ हजार नौ सय पाँच मत खस्यो । खसेकामध्ये ३१ हजार ६ सय ९९ मत सदर र दुई हजार दुई सय ६ बदर भएको थियो । 

निर्वाचन क्षेत्र नं १ को (२) मा ६५ हजार दुई सय ५५ मतदाता भएकामा ४१ हजार दुई सय ४३ मत खसेको थियो । खसेका मतमध्ये ३९ हजार दुई सय ९५ मत सदर र एक हजार नौ सय ४८ मत बदर भयो । 

निर्वाचन क्षेत्र नं २ को (१) मा ५० हजार तीन सय १३ मतदाता भएकामा ३५ हजार ८ सय ६८ मत खसेको थियो । खसेकामध्ये ३३ हजार चार सय ८५ मत सदर र दुई हजार तीन सय ८९ मत बदर भएको थियो । 

निर्वाचन क्षेत्र नं २ को (२) मा ४७ हजार चार सय ९६ मतदाता भएकामा ३१ हजार पाँच सय ४५ मत खसेको थियो । खसेकामध्ये ३० हजार ५७ मत सदर र एक हजार पाँच सय ३८ मत बदर भयो । 

निर्वाचन क्षेत्र नं ३ को (१) मा ६१ हजार पाँच सय ९६ मतदाता भएकामा ४० हजार दुई सय ३२ मत खसेको थियो । सो मतमध्ये ३८ हजार एक सय ४५ मत  सदर र दुई हजार ८७ बदर भयो । 

निर्वाचन क्षेत्र नं ३ को (२) मा ५१ हजार सात सय २६ मतदाता भएकामा ३३ हजार सात सय ३५ मत खसेको थियो । खसेको मतमध्ये ३१ हजार सात सय ४७ मत सदर र एक हजार नौ सय ८८ मत बदर भएको थियो । 

प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ निर्वाचन क्षेत्र नं १ मा ७५ हजार सात सय ७२ मत खसेकामा ६९ हजार सात सय ५६ सदर र पाँच हजार सात सय सात बदर भएको छ । निर्वाचन क्षेत्र नं २ मा ६७ हजार आठ सय ९४ मत खसेकामा ६२ हजार पाँच सय ५३ मत सदर र पाँच हजार तीन सय ४१ मत बदर भएको छ । निर्वाचन क्षेत्र नं ३ मा ७४ हजार पाँच सय ३० मत खसेकामा ६९ हजार तीन सय आठ सदर र पाँच हजार दुई सय २२ बदर भएको छ । 

प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिकतर्फ निर्वाचन क्षेत्र नं १ को (१), १ को (२), निर्वाचन क्षेत्र नं २ को (१), २ को (२), निर्वाचन क्षेत्र नं ३ को (१), ३ को (२) मा कूल खसेको दुई लाख १६ हजार नौ सय दुई मतमध्ये एक लाख ९६ हजार चार सय ११ मत सदर र २० हजार चार सय ९१ मत  बदर भएको छ । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x