२५ जेठ २०८३, सोमबार

एमाले केन्द्रीय सदस्यहरूको कार्यविभाजन, कसले के पाए जिम्मेवारी ?

जेठ १६, २०८३
काठमाडौं
एमाले केन्द्रीय सदस्यहरूको कार्यविभाजन, कसले के पाए जिम्मेवारी ?
फाइल फोटो

​​​नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय सदस्यहरूको कार्यविभाजन गरिएको छ ।

आउने स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरेर एमालेले ‘पार्टी जागरण अभियान’ पदाधिकारी बाहेकका नेतालाई पालिका केन्द्रित जिम्मेवारी तोकेको हो ।

यही जेठ ११ गते सम्पन्न एमालेको सचिवालयको बैठकले कार्यविभाजनको प्रस्तावलाई अन्तिमरूप दिन अध्यक्ष केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेललाई अधिकार दिएको थियो ।

अध्यक्ष ओलीले शुक्रबार अन्तरपार्टी निर्देशन जारी गर्दै यो अभियान घोषणा र पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनपछिको पहिलो कार्यविभाजन पठाएका हुन् । कार्यविभाजनमा जिल्ला इन्चार्ज र जनसङ्गठनका इन्चार्ज पनि तोकिएको छ ।

कार्यविभाजनअनुसार अध्यक्ष ओलीले समग्र कामको नेतृत्व र महासचिव पोखरेललाई पार्टीको सङ्गठनात्मक कामको संयोजन र केन्द्रीय कार्यालय प्रमुखको जिम्मेवारी तोकिएको छ ।

उपाध्यक्ष र उपमहासचिवहरूलाई पार्टीका विभाग तथा फाँटहरूको संयोजनको जिम्मेवारी दिइएको छ । नौमध्ये छ सचिवलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ ।

कोशीका लागि सचिव हिक्मतकुमार कार्कीलाई विपद् व्यवस्थापन तथा स्वययंसेवा विभागको प्रमुख, सचिव पद्मा अर्याललाई संसदीय मामिला प्रमुख र सचिव भानुभक्त ढकाललाई सङ्गठन विभाग प्रमुख तोकिएको पार्टी कार्यालयले जनाएको छ ।

अन्य सचिवहरू छविलाल विश्वकर्मालाई लुम्बिनी, खगराज अधिकारीलाई गण्डकी, यामलाल कँडेललाई कर्णाली, शेरधन राईलाई कोशी, डा राजन भट्टराईलाई राजधानी विशेष प्रदेश र महेश बस्नेतलाई बागमती प्रदेश इन्चार्ज तोकिएको छ ।

कार्यविभाजनअनुसार एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुखमा निरज आचार्यलाई तोकिएको छ ।

कसले के जिम्मेवारी पाए ? हेर्नुहोस् सूची :

salt training

कमेन्ट गर्नुहोस्