०५ साउन २०८३, मंगलबार

अन्तर्राष्ट्रिय नाट्य महोत्सव : श्रीलंका र भारतको नाटक मञ्चन गरिने

मंसिर १४, २०७९
अन्तर्राष्ट्रिय नाट्य महोत्सव : श्रीलंका र भारतको नाटक मञ्चन गरिने
फाइल तस्वीर

भारत र श्रीलंकाको दुई नाटक, नाटकको पुस्तक विमोचन र सांगितिक प्रस्तुतिसहित नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) छैटौं दिनको कार्यक्रम आयोजना हुँदैछ ।

इटालीको नाटक इभान हास्टिङ निर्देशित नाटक ‘स्याडो लिवेरेसन’को बुधवार दुई शो मञ्चन हुँदैछ । छायाँ नाटक र कचहरी नाटकको मिश्रित शैलीमा तयार पारिएको सहभागितामूलक यस नाटकमा यौन उत्पीडनको रोकथामको सन्दर्भलाई विषय बनाएको छ । नाटकले आघातबारे अन्तरक्रियामा आधारित अभ्यासहरुको उपयोग गर्दै छाँया माध्यमद्वारा नाट्य थेरापीको प्रयाससमेत गर्दछ ।

‘स्याडो लिवेरेसन’ दिउँसो २ र साँझ ६ बजे मण्डला स्टुडियोमा मञ्चन हुँदैछ । त्यस्तै दिउँसो २ बजे मण्डला नाटकघरमा श्रीलंकाको नाटक ‘राजा मन वहला’ मञ्चन हुँदैछ ।

‘राजा म दास हुँ’ भन्ने अर्थ लाग्ने नाटकमा एक दास, राजा, राजकुमार अनि प्रेमथिका नाम गरेको एउटा केटाले तीन फरक कथाहरु सुनाउनछन् । जब  सबै पात्रहरुले आफ्नो नियतिको पर्दाफास गर्छन् र अन्त्यमा दर्शकहरुले यी तीनमध्ये श्रेष्ठ नायक को थियो भनेर छान्नुपर्नेछ ।

त्यस्तै महोत्सवमा बुधवार मध्याह्न १२ बजे नारायण वाग्लेको उपन्यासमा आधारित नाटक ‘पल्पसा क्याफे’को विमोचन हुँदैछ । सुरज सुवेदीले नाट्य रुपान्तरण गरेको सो नाटक केही महिनाअघि मण्डला नाटकघरमा मञ्चन पनि भएको थियो । विमोचन लगत्तै ‘नाटकमा शब्दको आकृतिः कस्तो देखिन्छ, कस्तो लेखिन्छ ?’ शीर्षकमा ‘प्यानल डिसकसन’ हुनेछ । जसमा साहित्यकारहरू नयनराज पाण्डे, उपेन्द्र सुब्बा, रंगकर्मीहरु विमल सुवेदी, दिया मास्केसँग र लेखक, पत्रकार वसन्त बस्नेतले वार्ता गर्नेछन् ।

‘सामाजिक रुपान्तरणका लागि रंगमञ्चः विविधताको उत्सव’ भन्ने नारामा साथ भइरहेको महोत्सवमा छैटौं दिनको अन्तिम कार्यक्रममा कलाकारहरू हुम बिसी र माधव त्रिपाठीले नेपाली लोकबाजाको सांगितिक प्रस्तुति दिनेछन् ।
 

salt training

कमेन्ट गर्नुहोस्