३० असार २०८३, मंगलबार

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको लाभांश घोषणा

मंसिर १५, २०७९
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको लाभांश घोषणा

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ५ प्रतिशत लाभांस वितरण गर्ने भएको छ ।

२०७९ मंसिर १४ गते बेलुका ५ बजे बसेकोे बैंक सञ्चालक समितिको ३७२औं बैठकले चुक्ता पूँजीको ५ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव पास गरेको छ । बैंकको २०७९ आषाढ मसान्तमा कायम चुक्ता पुँजी रु. ९ अर्ब ५५ करोड ३९ लाख ९ हजार १९८ रुपैयाँ ८९ पैसामा ४.७५ प्रतिशतले हुन आउने रकम ४५ करोड ३८ लाख १० हजार ६८६ रुपैयाँ ९५ पैसा बराबरको बोनश शेयर वितरण गर्ने र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.२५ प्रतिशतले हुन आउने रकम रु. २ करोड ३८ लाख ८४ हजार ७७३ रुपैयाँ बराबरको नगद लाभाशं वितरण गर्ने निर्णय गरेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी १२औँ वार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ । 

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र प्रभु बैंक लिमिटेडबिच मिति २०७९/०४/१५ मा संस्था प्राप्ति सम्बन्धी सहमती भएको छ जसअनुरुप प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गर्नेछ र पौष मसान्तभित्र नै एकीकृत कारोबार गर्ने गरी प्राप्ति प्रक्रिया अगाडि बढेको छ ।

थप जानकारीका लागि बैंकको आधिकारिक वेबसाइट तथा बैंकका शाखा कार्यालयहरूमा सम्पर्क राख्न बैंकले अनुरोध गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्