
सिभिल बैंकले गत मंसिर १० गते आफ्नो बाह्रौं वार्षिकोत्सवको अवसर पारेर घोषणा गरेबमोजिम आज डिजिटल सुदूरपश्चिमको थालनी सुदूरपश्चिम प्रदेशको धनगढी र महेन्द्रनगरमा छुट्टा–छुट्टै कार्यक्रमहरूको आयोजना गरी सम्पन्न गरेको छ ।
धनगढीमा आयोजित डिजिटल सुदूरपश्चिम नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर डा.निलम ढुंगाना तिम्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको थियो । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर डा निलम ढुंगाना तिम्सिनाद्वारा पानी पुरीदेखि जुत्ता मर्मतसम्म, टेम्पो सवारीदेखि मन्दिरको भेटीसम्मका कारोबारहरू डिजिटल रूपमा क्यूआर कोडमार्फत भुक्तानी गरी डिजिटल सुदुरपश्चिमको उद्घाटन गरेका थिए ।
उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर डा निलम ढुंगाना तिम्सिनाले नेपाल राष्ट्र बैंक कै उच्च प्राथमिकतामा रहेको डिजिटल पेमेन्टलाई डिजिटल सुदूरपश्चिममा सुरुवात गर्न पाउँदा आफू खुसी भएको र समग्र राष्ट्र मै यो अभियान चलाउन सकिएमा देशमा हुने गरेका सबै कारोबारहरू पारदर्र्शी हुने तथा नोट छाप्नका लागी विदेशिने धन राशिको संचय हुने कुरा पनि बताए ।
डिजिटल सुदूरपश्चिम अभियानलाई साकार गर्ने हो भने डिजिटल इको–सिस्टमकै विकास गर्नु पर्ने कुरामा जोड दिई जसरी यस कार्यक्रमको एउटा अंशमा दैनिक जीवनयापन गर्दा उपभोग गर्दै आएको पानी पुरीदेखि जुत्ता मर्मतसम्म, टेम्पो सवारीदेखि मन्दिरको भेटीसम्मका कारोबारहरू डिजिटल रूपमा क्यूआर कोडमार्फत भुक्तानी गर्यौँ त्यसरी नै डिजीटल इको सिस्टमको विकास गर्न सकिएमा समग्र सुदूरपश्चिम डिजिटलमा जाने कुरामा दुई मत नभएको सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले बताए ।
महेन्द्रनगरमा आयोजित डिजिटल सुदूरपश्चिम प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको थियो ।
प्रमुख आतिथि लेखकले यस्तै डिजिटल पेमेन्ट सेवाहरू अझ सुलभ बनाउन सकिएमा समग्र जनताको विभिन्न महसुल तिर्दा खेर जाने समयको सदुपयोग गर्न सकिएमा समग्र राष्ट्र कै उत्पादकत्व बढाउन सकिने बताए ।
डिजिटल पेमेन्ट सिस्टमले गर्दा अब ग्राहकहरूले जतिको बिल आयो त्यति रकम मात्रै डिजिटल माध्यमबाट भुक्तानी गर्दा आफूले गरेका खर्चहरूको विवरणहरूको समीक्षा गरेर फजुल खर्चहरूलाई घटाई अनावस्यक फजुल खर्चमा कमी ल्याई बचतमा वृद्धि गर्न सकिने हुन्छ र यस्तै साना साना बचतले भविष्यमा पुँजी निर्माण गरी आफू तथा सिंगो राष्ट्रलाई समेत समृद्ध बनाउन सकिने सिभिल बैंकका चिफ बिजिनेस भोला बहादुर विष्टले बताए ।
सिभिल बैंकले २०१९ अगस्टदेखि नै शुरु गरेको नगदरहित अभियान अहिले देशको दुर्गमभन्दा दुर्गम स्थानदेखि देशका प्रमुख शहरहरूसम्म गरी ४० हजारभन्दा बढी क्यूआर मर्चेन्टहरूलाई आबद्ध गरी सकेको कुरा पनि बैंकले जनाएको छ ।