
दोलखामा सत्ता गठबन्धनका माओवादी उम्मेदवार गंगा कार्कीले २ हजारभन्दा बढी मतको अग्रता कायम गरेका छन् ।
उनले एमालेका बालकृष्ण सिवाकोटीलाई २ हजार १ सय ७ मतले पछाडि पारेका हुन् । कार्कीले ५ हजार ३५ मत पाउँदा सिवाकोटीले २ हजार ९ सय २८ मत पाएका छन् ।
सत्ता गठबन्धनले बुथ कब्जा गरेको भन्दै १० वटा केन्द्रमा पुन: मतदान गरेर बिहीवारबाट गणना भइरहेको हो । गणनामा शुरूदेखि नै कार्कीले अग्रता लिएका छन् ।
दोलखामा अघिल्लोपटक तत्कालीन वाम गठबन्धनका एमाले उम्मेदवार पार्वत गुरुङले निकै फराकिलो मतान्तरले चुनाव जितेका थिए ।