
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन फलोअप उपचारका लागि चीन जान लागेका छन् ।
नेता पुनलाई वंशाणुतगरूपमा रहेको जण्डिसले फेरि सताएपछि चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचारका लागि उनी त्यसतर्फ जान लागेका हुन् ।
२०७८ मंसिरमा पनि उनको सोही अस्पतालमा एक महिना उपचार पछि रोग निको भएको थियो ।
अहिले नेपाल–चीन नियमित उडान नभएकाले उनी साँझ ७ बजे इमिरेट्सको उडानबाट दुवई, ग्वान्झाओ हुँदै सेनजेन जान लागेको उनको सचिवालयले जानकारी दिएको छ ।
गत वर्ष चीनमा उपचार गरेर फर्कदा जण्डिसको मात्रा (बिलरुविन) ९ रहेकोमा अहिले बढेर ३५ पुगेको छ । नेता पुनसँगै उपचारका लागि पूर्व सभामुख तथा पत्नी ओनसरी घर्ती र छोरी शीला चीन प्रस्थान गर्न लागेका हुन् ।