
प्रतिनिधि सभातर्फ दोलखामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले अग्रता कायमै राखेका छन् । जारी मतगणनाको पछिल्लो परिणामअनुसार शिवाकोटीले सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका गंगा कार्कीसँग अग्रता कायमै राखेका हुन् ।
पछिल्लो मत परिणामअनुसार एमालेका शिवाकोटीले १८ हजार १४७ मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिष्पर्धी माओवादी केन्द्रका कार्कीले १६ हजार १९५ मत पाएका छन् । उनीहरूबीचको मतान्तर १ हजार ९५२ छ ।
तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले २ हजार २४४ मत पाएका छन् ।
मंसिर ४ गते भएको मतदानका क्रममा धाँधली भएको भन्दै निर्वाचन आयोगले पुन निर्वाचन गर्ने निर्णय गरेका कारण मत गणनामा ढिलाइ भएको हो । मंसिर १५ गते १० वटा बुथमा पुनः मतदान भएपछि मत गणना कार्य शुरु गरिएको थियो ।