२३ जेठ २०८३, शनिबार

दोलखामा माओवादीका कार्कीले घटाए मतान्तर

मंसिर १८, २०७९
दोलखामा माओवादीका कार्कीले घटाए मतान्तर

प्रतिनिधि सभातर्फ दोलखामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले मतान्तर घटाएका छन् । सत्तारुढ गठबन्धनका साझा उम्मेदवारसमेत रहेका कार्कीले नकेपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीसँग मतान्तर केही घटाएका हुन् । 

जारी मतगणनाको पछिल्लो परिणाममा कार्की र शिवाकोटीबीच १ हजार ३५९ मतको अन्तर रहेको छ । यसअघि सार्वजनिक भएको परिणाममा कार्कीभन्दा शिवाकोटी १ हजार ९५२ मतले अगाडि रहेका थिए ।  

पछिल्लो मत परिणामअनुसार एमालेका शिवाकोटीले १९ हजार ७४४ मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिष्पर्धी माओवादी केन्द्रका कार्कीले १८ हजार ३८५ मत पाएका छन् । 

मंसिर ४ गते भएको मतदानका क्रममा धाँधली भएको भन्दै निर्वाचन आयोगले पुन निर्वाचन गर्ने निर्णय गरेका कारण मत गणनामा ढिलाइ भएको हो । मंसिर १५ गते १० वटा बुथमा पुनः मतदान भएपछि मत गणना कार्य शुरु गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्