२३ जेठ २०८३, शनिबार

दोलखामा माओवादीका कार्कीले लिए १५ सयभन्दा बढीको अग्रता

मंसिर १८, २०७९
दोलखामा माओवादीका कार्कीले लिए १५ सयभन्दा बढीको अग्रता

प्रतिनिधि सभातर्फ दोलखामा नेकपा माओवादी केन्द्रका गंगा कार्कीले १ हजार ५०० भन्दा बढीको अग्रता लिएका छन् । जारी मत गणनाको पछिल्लो परिणामअनुसार सत्ता गठबन्धनका साझा उम्मेदवारसमेत रहेका कार्कीले नेकपा एमालेका बालकृष्ण शिवाकोटीसँग १ हजार ५४७ मतको अग्रता कायम गरेका हुन् । 

माओवादी केन्द्रका कार्कीले २४ हजार ५२ मत पाएका छन् । एमालेका शिवाकोटीले २२ हजार ५०५ मत पाएका छन् । तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले २ हजार २४४ मत पाएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्