२६ असार २०८३, शुक्रबार

जन्ति गएका २५ जना गाउँलेहरु विरामी परे

मंसिर २०, २०७९
जन्ति गएका २५ जना गाउँलेहरु विरामी परे

प्युठान नगरपालिका ६ माझकोट गुरुङ गाउँका २५ जनाभन्दा वढी गाउँलेहरु अचानक विरामी भएका छन् । सबै बिरामीहरुलाई उपचारका लागि प्यूठान अस्पताल भर्ना गरिएको छ । प्युठान नगरपालिकाका उपमेयर देबेन्द्र बर्माका अनुसार गाउँलेहरु एक्कासी बिरामी परेपछि सोमबार राति चार वटा एम्बुलेन्स मार्फत अस्पताल ल्याइएको हो ।  

प्यूठानबाट बिबाहका लागि पाल्पा जन्ति गएका ४८ जनामध्ये २५ जना बिरामी परेका छन् । बिरामीको चेकजाँचका लागि अस्पतालमा चिकित्सकहरु परिचालन गरिएको अस्पतालका ब्यबस्थापक राजन घिमिरेले बताए ।

पाल्पाको बुरखु्टा भन्ने ठाउँमा जन्ति गएकालाई ज्वरो आउने, बान्ता हुने, झाडा पखाला हुने लगायतका लक्षण देखिएको वडा अध्यक्ष नरेन्द्र पुनमगरले बताए । सोही ठाउँबाट जन्ति फर्किएका सवैलाई सो लक्षण देखा परेपछि जिल्ला अस्पताल विजुवार लगिएको मगरले बताए । विरामीहरुको चेकजाँच पछि मात्र विरामीबारे जानकारी हुने चिकित्सकको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्