२३ जेठ २०८३, शनिबार

रुपन्देही २ मा पुनः मतगणनाको माग गर्दै सर्वोच्चमा रिट दर्ता

मंसिर २०, २०७९
रुपन्देही २ मा पुनः मतगणनाको माग गर्दै सर्वोच्चमा रिट दर्ता

प्रतिनिधि सभातर्फ रुपन्देही २ मा पुनः मतगणनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । मंसिर ४ गते सम्पन्न भएको मतदानको मतगणना फेरि गर्नुपर्ने माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार गणेश पौडेलले मंगलवार सर्वोच्च अदालतमा रिट निवेदन दिएका हुन् । 

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले पुनः मत गणनाको माग गर्दै रिट निवेदन दर्ता गराएको लोकान्तरलाई जानकारी दिए । 

रुपन्देही २ बाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल निर्वाचित भएका थिए । एमालेका पौडेलले २७ हजार १६५ मत पाएका थिए भने रास्वपाका पौडेलले २५ हजार ७९५ मत पाएका थिए । गणेश विष्णुसँग १ हजार ३७० मतले पराजित भएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्