कात्तिक १८, २०८०
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
मंसिर २१, २०७९
आन्तरिक मामिला तथा कानून मन्त्रालयले कर्णाली सूचना प्रविधि तथा आमसञ्चार प्रतिष्ठान विधेयक २०७७ कात्तिक २५ गते प्रदेशसभा सचिवालयमा दर्ता गरेको थियो ।
सरोकारवालाको सुझाव, सांसदहरूको संशोधन लगायतका प्रक्रिया पूरा गरेपनि उक्त विधेयक दुई वर्षदेखि प्रदेश मामिला तथा विधायन समितिमा अड्किएको छ । सरकार र समितिमा भएका सांसदहरूको स्वार्थ बाझिएका कारण विधायिकी प्रक्रिया पूरा भैसक्दासमेत समितिबाट विधेयक अघि बढ्न सकेन । लामो समय, पर्याप्त छलफल गरेर तयार गरिएको विधेयक अन्ततः सभाको कार्यकाल सकिएसँगै निष्क्रिय भयो ।
संविधानतः प्रदेशसभामा विचाराधीन रहेको अवस्थामा सभा विघटन भएमा वा कार्यकाल समाप्त भएमा विधेयक निष्क्रिय हुने व्यवस्था छ ।
अब नयाँ बन्ने सरकारले विधेयक निर्माण पूर्वका चरणहरू पार गर्दै पुनः मस्यौदा प्रदेशसभा सचिवालयमा दर्ता गर्नुपर्छ भने प्रदेशसभाले पनि सबै विधायिकीय प्रक्रिया अवलम्बन गरी पारित गर्नुपर्नेछ । अझ विधेयकमाथि राजनीतिक सहमति जुटेन या संसद–सरकारको स्वार्थ बाझियो भने कार्यकालभरी अघि नबढ्ने सम्भावना पनि हुन्छ ।
कर्णाली सूचना प्रविधि तथा आमसञ्चार प्रतिष्ठान विधेयकमात्र होइन कर्णाली प्रदेश सरकार र प्रदेशसभाले लाखौं खर्च, लामो समय व्यतित गरेर अघि बढाएका ११ वटा महत्त्वपूर्ण विधेयकहरू सभाको कार्यकाल सकिएसँगै निष्क्रिय भइसकेका छन् ।
प्रदेशसभा सचिवालयका अनुसार प्रदेश प्रहरी सेवासम्बन्धी विधेयक, प्रदेश निजामती सेवाको गठन, विद्युत सेवा, पूर्वाधार विकास प्राधिकरण गठन, पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय, शान्ति तथा पुनःस्र्थापना केन्द्र स्थापना, सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक छन् ।
त्यस्तै दलित अधिकार प्रबद्र्धन सशक्तीकरण र विकास, उपभोक्ता संरक्षण विधेयक, कृषि व्यवसाय प्रबद्र्धन विधेयक, नव प्रवर्तन अन्वेषण तथा आविष्कार विधेयक लगायत छन् । तीमध्ये सिञ्जा सभ्यता संरक्षण र नव प्रर्वतन अन्वेषण तथा आविष्कार विधेयक गैरसरकारी हुन् । जुम्लाबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य नरेश भण्डारीले यी दुई विधेयक दर्ता गराएका थिए । प्रदेश प्रहरी, प्रदेश निजामती सेवा, सूचना प्रविधि तथा आमसञ्चार प्रतिष्ठान, पर्वतीय विश्वविद्यालय, शान्ति पुनःस्थापना विधेयक पर्याप्त छलफल गरी अघि बढाइएकामा पर्दछन् ।
प्रदेशसभाको पहिलो कार्यकालमा दर्ता भएका ६४ मध्ये ५३ विधेयक पारित भएका छन् । पारित विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भइसकेका छन् । निवर्तमान प्रदेशसभा सदस्य एवं अधिवक्ता धर्मराज रेग्मी नयाँ बन्ने सरकारले आवश्यकता देखेको खण्डमा मात्र त्यस्ता केही निष्क्रिय विधेयकहरू अघि बढ्ने तर प्रक्रिया भने शून्य अवस्थादेखि शुरू गर्नुपर्ने बताउँछन् ।
“प्रदेशसभाको बिजेनेस नै कानून बनाउने हो । विधेयक निर्माण प्रक्रिया निकै लामो र झञ्झटिलो छ,” उनी भन्छन्, “तत्कालीन सरकार र प्रदेशसभाले कम्तीमा समितिमा छलफल भएका विधेयकहरूलाई पारित गर्नतर्फ चासो दिनुपथ्र्यो, राज्यकोषको अनावश्यक खर्च भयो, प्रदेशसभामा मात्र नभई विधेयक निर्माण पूर्व सरकारबाट थुपै्र चरणहरूमा समय र बजेटको उस्तै खर्च भएको हुन्छ ।”
अधिवक्ता रेग्मी लामो समय लगाएर अघि बढाइएका विधेयकहरू अन्तमा पारित नहुनु प्रदेश सरकार र प्रदेशसभाको कमजोरी भएको बताउँछन् ।
यसले समय र आर्थिक व्ययभार मात्र बढाएको छैन, आफैंले अघि सारेका नीति, कार्यक्रम र विधेयकप्रति सरकारको नियत पनि प्रस्ट भएको उनको भनाइ छ ।
प्रदेशसभा सचिव जीवराज बुढाथोकी अघिल्लो कार्यकालमा पास नभएका विधेयकहरू स्वतः निष्क्रिय हुने हुँदा नयाँ बन्ने सरकार र संसदको प्राथमिकतामा परेको खण्डमा पुनः प्रक्रियामा आउन सक्ने बताउँछन् ।
“यदि ती विधेयकहरू नयाँ बन्ने सरकार र संसदको प्राथमिकतामा परेपनि शुरूआतदेखि नै विधायिकीय चरणहरू पार गर्नुपर्छ,” उनी भन्छन्, “धेरै कुरा नयाँ सरकारको प्राथमिकतामा भर पर्दछ ।”
सचिव बुढाथोकीका अनुसार प्रदेशसभामा दर्ता भएको एउटा विधेयक नियम निलम्बन गरी फास्ट ट्रयाकबाट पारित गर्न कम्तीमा दुई हप्ता लाग्छ । आर्थिक र बजेटसँग सम्बन्धित विधेयकहरू प्रायः फास्ट ट्रयाकबाट पारित गर्ने गरिन्छ । यदि सरकार र संसद्को लय मिलेमा नियमित प्रक्रिया अनुसार विधेयक पारित गर्न भने छिटोमा एक महिना र ढिलोमा तीन महिनासम्म लाग्न सक्छ ।
प्रदेशसभामा दर्ता भएपछि परिपक्व हुन सरकारी विधेयक पाँच र गैरसरकारी विधेयकलाई सात दिन लाग्दछ । त्यसपछि सभामा टेबुल भई सैद्धान्तिक छलफल, संशोधनको ७२ घण्टे सूचना, सरोकारवालाको सुझाव, समितिमा दफावार छलफल, सभामा छलफल लगायतका प्रक्रिया पूरा गर्दा महिना दिन बढी लाग्छ ।
“खर्चको दृष्टिकोणले यति बजेट लाग्छ भनेर ठ्याक्कै भन्न सकिँदैन, पटक–पटक बैठक बस्दा सांसद र उनीहरूको स्वकीयको भत्ता, विज्ञहरूलाई पारिश्रमिक, गाडी इन्धन, चिया खाजा खर्च, मसलन्द लगायतमा धेरै रकम खर्च हुन्छ,” उनी भन्छन्, “विधेयक निर्माण आफँैमा लामो प्रक्रिया हुँदा जति समय लाग्छ बजेट खर्च पनि सोही अनुसार वृद्धि हुँदै जान्छ, समितिमा हुने खर्च नै विधेयक निर्माण र सरकारका कामको अनुगमनमा खर्च हुने हो ।”
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...