माघ १०, २०७९
नेपालभर इन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाइबरनेटले जनकपुरमा पनि वितरण सोरुमको शुभारम्भ गरेको छ । शोरुम समुद्घाटन, डिशहोमका तर्फबाट वरिष्ठ सेल्स म्यानेजर मनोज शर्मा, एरिया सेल्स म्यानेजर सन्जीव ...
जाडो महिनासँगै बाक्ला न्यानो कपडाको व्यापार बढेको छ । उपत्यकाका व्यापारिक केन्द्रमध्ये निम्न र मध्यम वर्गका ग्राहकले किनमेलका लागि छनोटमा पर्ने भृकुटीमण्डप बजारमा गत वर्षको भन्दा यो वर्षको जाडो महिनाका न्यानो कपडाको व्यापार १० प्रतिशतले वृद्धि भएको छ ।
राजधानीको मुटुमा रहेको भृकुटीमण्डप बजारमा खेलौना, कपडा, भाँडाकुडा, जुत्ताचप्पल, इलेक्ट्रोनिक्स, रेडिमेड कपडालगायतका विभिन्न प्रकारका घरायशी सामग्रीको बजार रहेको छ ।
भृकुटीमण्डपमा निम्न वर्गीय समूदायले व्यापार बढी गर्ने गरेको व्यापार संघका उपाध्यक्ष गोविन्द पौडेलले बताए । ‘दुई वर्षयता कोरोना महामारीले ठप्प भएको बजारमा यसपटक भने व्यापार राम्रो भएको छ’, उनले भने, ‘गत वर्षको तुलनामा यसपटक बजारको १० प्रतिशतले व्यापार वृद्धि भएको छ ।’ बजारमा विशेषगरी निम्नस्तर र मध्यम वर्गका ग्राहकलाई लक्षित गरेर सामान ल्याइने उनले स्पष्ट पारे ।
ग्राहकले खोजेजस्तो सामान पाइनुलाई पनि व्यापार बढ्नुको कारण उनी मान्नुहुन्छ । जाडो बढेपछि बजारमा न्यानो कपडाको व्यापार बढ्न थालेको व्यवसायी सुशीला धमलाले बताइन् । १६ वर्षदेखि सोही स्थानमा व्यापार गदै आएकी उनले भनिन्, ‘गत वर्षको तुलनामा यो वर्ष व्यापार बढेको छ, दैनिक २० हजारमाथि व्यापार हुन्छ ।’ दुईवर्ष कोरोना महामारीको कारण खस्केको बजारको व्यापार अहिले बढेको उनको भनाइ छ ।
कपडा व्यवसायी रोहित धमलाले गत वर्षको तुलनामा यसवर्ष भृकुटीमण्डप बजारमा कपडाको व्यापार १५ प्रतिशतले बढेको जिकिर गरे । यो वर्ष नयाँ डिजाइनका कपडा बजारमा आएकाले पनि बिक्री बढी भएको उनको भनाइ थियो ।
कपडादेखि इलेक्ट्रोनिक्स सामानसम्म पाइने भृकुटीमण्डप बजारमा एक हजार दुई सय ६५ वटा स्टल रहेका छन् । बजारभित्र आठ सय ४४ वटा पसल सञ्चालनमा रहँदा ३० देखि ३५ हजार परिवार बजारमा आश्रित रहेको उपाध्यक्ष पौडेलले जानकारी दिए । रासस
नेपालभर इन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाइबरनेटले जनकपुरमा पनि वितरण सोरुमको शुभारम्भ गरेको छ । शोरुम समुद्घाटन, डिशहोमका तर्फबाट वरिष्ठ सेल्स म्यानेजर मनोज शर्मा, एरिया सेल्स म्यानेजर सन्जीव ...
नेपाल उड इन्टरनेशनल एक्स्पो तथा नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर इन्टरनेशनल एक्स्पो ८ औं वर्ष माघ १३ देखि १५ गते काठमाडौंंको भृकृटीमण्डपमा आयोजना हुने भएको छ। मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचर...
सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो भएको छ । बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ६ हजार पुगेको छ । यो मूल्य अहिलेसम्मकै महँगो हो । बिहीबार प्रतितोला ७ सय रुपै...
नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले शनिबार र आइतबार पहिलो पटक काठमाडौंदेखि चित्लाङसम्म अपाचे ओनर्स ग्रुप (एओजी) नाइट राइड आयोजना गरेको छ । ३० जना राइडरहरूको सहभागिता रहेको उक्त ...
काठमाडौंको पुरानो बानेश्वरस्थित पोज फेसन स्टोर एउटा नेपाली ब्रान्ड हो। लगभग ३ वर्ष पुरानो यस ब्रान्डले आफ्नो स्टोरको शाखा मैतीदेवी र पेप्सीकोलामा समेत विस्तार गरिसकेको छ। कपडा प्रोडक्सनको काम पुरानो बानेश्व...
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चितवनको सौराहामा आयोजित सेल्स कन्भेन्सन कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । देशभरका जोनल हेड, प्रोभिन्स हेड, रिजनल म्यानेजर, शाखा प्रबन्धक, सेल्स एक्जु...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...