चैत ८, २०७९
गायिका एलिना चौहानले आफ्नो एकल स्वरमा प्रेम विरहको नयाँ गीत सार्वजनिक गरेकी छिन् । ‘तिमीले किन ग¥यौ घात ?’ बोलको गीत बुधवार गायिका चौहानको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरि...
काठमाडाैं | मंसिर २१, २०७९
यसवर्षको सफल फिल्म ‘झिँगेदाउ’को सिक्वेल निर्माण हुने भएको छ । निर्माता एवं निर्देशक ज्ञानेन्द्र देउजाले ‘झिँगेदाउ २’ निर्माणको तयारी थालिएको जानकारी दिए ।
यतिबेला महेश दवाडीले फिल्मको स्क्रिप्ट लेखिरहेका छन् । निर्माता एवं निर्देशक देउजाका अनुसार वर्ष २०८० मा फिल्मको सुटिङ शुरु गरिनेछ ।
दुई छोराबीचको झगडाका कारण आमा वृद्धाश्रम गएपछि ‘झिँगेदाउ’को कथालाई बिट मारिएको थियो । त्यहीँबाट सिक्वेलको कथा उठान हुनेछ ।
निर्माता एवं निर्देशक देउजाले लोकान्तरसँग भने, ‘जहाँबाट ‘झिँगेदाउ’ सकिएको थियो, त्यहीबाट सिक्वेलको कथा शुरु हुनेछ । त्यहीअनुसार यतिबेला कथामा काम भइरहेको छ ।’
साहित्यकार भीमनीधि तिवारीको कथा कृतिमा आधारित रहेर निर्माण गरिएको ‘झिँगेदाउ’मा हिउँवाला गौतम, केकी अधिकारी, मुकुन भुषाल, आँचल शर्मा, कुशल विष्ट लगायतको शीर्ष भूमिका छ ।
‘झिँगेदाउ २’ मा पनि यीनै पाँचजना कलाकारहरूलाई दोहो¥याउने निर्माता एवं निर्देशक देउजाको योजना छ । ‘सिक्वेल भएपछि कलाकार पुरानै दोहोरिनुहुनेछ’, उनले भने, ‘तर, पहिले स्क्रिप्ट फाइनल होस् । त्यसपछि मात्र उहाँहरुसँग कुरा अगाडि बढाउँछु ।’
पुराना सफल निर्देशक देउजाले ‘झिँगेदाउ’मार्फत करिब ७ वर्षपछि निर्देशनमा कमब्याक गरेका थिए ।
कमब्याक फिल्म हिट भएसँगै यतिबेला निर्देशक देउजाको हातमा अन्य फिल्महरू समेत पाइपलाइनमा छन् । निर्माता छविराज ओझासँग मिलेर उनले ‘जेल ब्रेकर’ निर्देशन गर्दैछन् । बाहिरी ब्यानरको दुईवटा फिल्मको निर्देशनसमेत उनले गर्दैछन् ।
गायिका एलिना चौहानले आफ्नो एकल स्वरमा प्रेम विरहको नयाँ गीत सार्वजनिक गरेकी छिन् । ‘तिमीले किन ग¥यौ घात ?’ बोलको गीत बुधवार गायिका चौहानको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरि...
यही चैतको २४ गतेबाट रिलिज हुन लागेको फिल्म ‘प्रसाद २’ले बक्स अफिसमा सुखद कमाई गर्ने अपेक्षा फिल्मकर्मी, यसको निर्माणपक्ष र वितरकमा छ । फिल्मको ट्रेलर सार्वजनिक भएसँगै नै यसले चर्चा पनि पाइरहेको छ...
चलचित्र ‘छक्का पञ्जा ४’ ले १८ करोड रूपैयाँ हाराहारी ग्रस कलेक्सन गरेको छ । चलचित्रले हिजो (मंगलवार)सम्ममा उक्त कमाई गरेको हो । फागुनको १९ गतेबाट प्रदर्शनमा आएको चलचित्र यति बेला तेस्रो सातामा प्र...
चर्चित गीत ‘धोकेबाज हौ तिमी’ अब र्याप भर्सनमा पनि सार्वजनिक हुने भएको छ । सुवास कार्की (कार्कीजी)को शब्द एवं संगीत रहेको गीत डेढ वर्षअघि गायिका एलिना चौहानको स्वरमा सार्वजनिक भएको थ...
हिट फिल्मी गीत ‘सिम्पल सिम्पल कान्छीको’को सिक्वेल आउने भएको छ । झण्डै १४ वर्षअघिको फिल्म ‘अन्जाज’मा दिपक लिम्बु र माण्डबी त्रिपाठीको स्वरमा समावेश उक्त गीत निकै हिट भएको थियो । शंकर...
‘दोलखामा जिरी’ बोलको लोकदोहोरी गीत सार्वजनिक भएको छ । मंगलवार सार्वजनिक यो गीतमा डि.आर सुजन र सुनिता बुढा क्षेत्रीले स्वर दिएका छन् । विमला हुमागाइँ (बोधश्री)को शब्द रहेको गीतमा गाय...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...