३२ असार २०८३, बिहीबार

नेपाली फिल्मलाई फापेन मंसिर, ‘मीलन’देखि ‘डेसान’सम्म ‘फ्लप’

मंसिर २५, २०७९
नेपाली फिल्मलाई फापेन मंसिर, ‘मीलन’देखि ‘डेसान’सम्म ‘फ्लप’

मंसिर महिनामा पाँचवटा नेपाली फिल्म रिलिज भए, तिमध्ये कुनैले हलमा दर्शक तान्न सकेनन् ।

२ गते ‘चोर र पुलिस’ नामक फिल्म प्रदर्शनमा आयो । बुद्धि तामाङ, धिरेन शाक्य, जयकिशन बस्नेतलगायतको अभिनय रहेको यो फिल्म हलमा केही दिन पनि टिक्न सकेन । ९ गतेदेखि अर्को फिल्म ‘मीलन’ प्रदर्शनमा आयो । सलोन बस्नेत, कुशल शाह ठकुरी, शिल्पा थापालगायतको अभिनय रहेको यस फिल्मले पनि हलमा दर्शक तान्न सकेन । 

१६ गतेदेखि प्रदर्शनमा आएको रिस्ता बस्नेत अभिनित ‘पासो’लाई पनि पहिलो दिनबाटै दर्शकको खडेरी देखियो । गत शुक्रवारदेखि प्रदर्शनमा आएका दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता खेलाडी राजकुमार राई अभिनित ‘सोल अफ द कमाण्डाे’ र भोलाराज सापकोटा, नम्रता सापकोटा अभिनित ‘डेसान’को अवस्था पनि उकेदलाग्दो देखियो । यसरी हेर्दा समग्र मंसिर महिना नै नेपाली फिल्मका लागि उकेदलाग्दो देखियो । मंसिरमा रिलिज भएका पाँचवटै नेपाली फिल्मका निर्माताले लगानीको सानो अंश पनि फिर्ता पाउने देखिँदैन । 

कात्तिकको ११ गतेदेखि प्रदर्शनमा आएको ‘महापुरुष’पछि हलमा कुनै नेपाली फिल्मले दर्शक तान्न सकिरहेका छैनन् । व्यापारिक खडेरी लागिरहेको अवस्थामा अब कुन नेपाली फिल्मले दर्शकको साथ पाउँछ त्यो पनि यसै भन्न सकिने अवस्था छैन ।

salt training

कमेन्ट गर्नुहोस्