०२ साउन २०८३, शनिबार

झरना थापाको ‘भगवत् गीता’मा धीरज मगर अनुबन्धित

मंसिर २५, २०७९
झरना थापाको ‘भगवत् गीता’मा धीरज मगर अनुबन्धित

झरना थापाको फिल्म ‘भगवत् गीता’को मुख्य अभिनेतामा धीरज मगर अनुबन्धित भएका छन् । निर्माण कम्पनी र अभिनेता धीरजबीच लिखित सम्झौता भएको छ । सुनिल कुमार थापाको निर्माण एवं झरना थापाको निर्देशनमा बन्न लागेको फिल्म आगामी महिनादेखि फ्लोरमा जानेछ । 

फिल्ममा धीरजले अभिनेत्री सुहाना थापासँग स्क्रिन शेयर गर्नेछन् । धीरज र सुहानाले पहिलोपटक स्क्रिन शेयर गर्न लागेका हुन् । आगामी सातादेखि धीरज र सुहानाले फिल्मको कार्यशालामा भाग लिनेछन् ।

सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्मका लागि बाँकी कलाकारहरु भने एक साताभित्र फाइनल गरिनेछ ।

आगामी बैशाख १ गतेका लागि फिल्मको प्रदर्शन मिति घोषणा गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्