
गायक एवं अभिनेता प्रकाश सपूतले आफ्नो छोराको नाम ‘प्रखर’ राखेका छन् ।
गत कात्तिकमा उनकी पत्नी विन्दू बोहोराले दोस्रो सन्तानका रुपमा छोरालाई जन्म दिएकी थिइन् ।
प्रकाशले आईतबार सामाजिक सञ्जाल फेसबुकमार्फत छोराको नाम ‘प्रखर’ राखेको जानकारी दिएका हुन् ।
उनले ‘नामको कथा’ भन्दै लामो स्टाटस् लेखेका छन् । प्रकाश, शाहरुख र रोनाल्डोको नामबाट एक–एक अक्षर झिकेर शुद्ध नेपालीमा छोराको नाम ‘प्रखर !’ राखेको उनले उल्लेख गरेका छन् । ‘प्रखर’को अर्थ तिक्ष्ण, तेज, स्पष्ट ईत्यादी हुन्छ । उनले तीन पात्रबाट छोराको नाम राख्नुको कारणहरू उल्लेख गरेका छन् , जुन निकै रोचक लाग्छ ।
लोक संगीत क्षेत्रका चर्चित सर्जक एवं गायक प्रकाश ‘परदेशी २’मार्फत चलचित्रको पर्दामा समेत देखिँदैछन् ।