×

NMB BANK
NIC ASIA

नेपाल प्रहरी

प्रहरीमा सेवा अवधि विवाद: थपिएला आईजीपी धिरजप्रतापको म्याद ?

मंसिर २७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने प्रस्ताव अर्थ मन्त्रालय पुगेको छ । प्रहरी हेडक्वाटरका एक उच्च अधिकारीका अनुसार उक्त प्रस्ताव केही दिन अगाडि हेडक्वाटरबाट गृहमन्त्रालय हुँदै सहमतिका लागि अर्थ मन्त्रालय पुगेको हो ।

Muktinath Bank

सरकारले अनुभवी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरूलाई मात्र प्रहरी संगठनको नेतृत्व दिने रणनीतिअनुसार अहिले ३० वर्षे सेवा अवधि हटाएर एआईजीमा १ वर्षभन्दा माथिको कार्य अनुभव भएकालाई आईजीपीमा बढुवा गर्ने गरी थप गर्न लागेको गृहमन्त्रालय स्रोतले लोकान्तरलाई बतायो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘विगतमा पनि ३० वर्षे सेवा अवधि थिएन, पछि यो आएको हो त्यसले गर्दा छोटो समय काम गरेको एआईजी वा डीआईजी आईजीपी हुँदा संगठनको नेतृत्वमा कमी कमजोरी देखिएकाले अहिले नियमावली संसोधन गरेर हटाउन लागिएको हो,’ स्रोतले भन्यो ।


Advertisment
Nabil box
Kumari

अहिले उक्त प्रस्तावका बारेमा अर्थमन्त्रालयको तल्लो तहका कर्मचारीहरूबीच छलफल भइरहेको छ । केही दिनमा मन्त्रालयका सहसचिव र सचिव तहमा छलफल भएपछि अर्थमन्त्रीसँग छलफल हुनेछ । मन्त्रीसँग छलफलपछि उक्त प्रस्तावमा स्वीकृति दिने तयारी रहेको अर्थ मन्त्रालयका अधिकारी बताउँछन् । 

Vianet communication
Laxmi Bank

प्रहरी नियमावली–२०१५ मा ३० वर्षे सीमा थिएन । सो नियमावलीको परिच्छेद १० को  नियम (१) र (२) अनुसार उमेरको हद र पदावधि आधारमा मात्र प्रहरीहरू सेवाबाट अवकाश पाउँथे । प्रहरी नियमावली–२०३३ को परिच्छेद १०, नियम (१) र (२) मा पनि उमेरहद र पदावधि मात्र थियो । 

प्रहरी नियमावली, २०४९ पुस ६ मा जारी हुँदा पनि ३० वर्षे सीमा राखिएको थिएन । तर, त्यसमा २०४९ फागुन १५ मा संशोधन गरी नियम ९८ मा उपनियम (२) थप गरी ‘३० वर्ष सेवावधि पूरा गरेपछि अनिवार्य अवकाश पाउने’ नयाँ व्यवस्था थपिएको थियो ।

३० वर्षे सेवा अवधिपछि हालसम्म मोतिलाल बोहोरा र उपेन्द्रकान्त अर्यालबाहेक अन्य कुनै आईजीपीले ४ वर्षे कार्यकाल पूरा गरेका छैनन् । प्रत्येकपटक प्रहरी प्रमुख (आईजीपी) नियुक्त हुने समयमा ‘३० वर्षे विवाद’ बल्झिरहन्छ । ३० वर्षे सेवा अवधिका कारण सरकारलाई छोटो अवधिमै आईजीपी बढुवा गर्नुपर्ने बाध्यात्मक अवस्था छ । भर्खरै अवकाश पाएका आईजीपी शैलेश थापा क्षेत्रीको समयमा सेवा अवधि हटाउने भनेर प्रहरीले अनुसन्धान फाइल अगाडि बढाए पनि त्यस बेला प्रहरी अधिकारीहरूले राजनीतिक पहुँच पुर्‍याएर रोकेका थिए ।

२०६५ सालमा सुरक्षा निकायलाई आधुनिकीकरण गर्न डा. युवराज संग्रौलाको संयोजकत्वमा ‘सुरक्षा निकाय आधुनिकीकरण उच्चस्तरीय कार्यदल’ बनेको थियो । त्यो कार्यदलले ३० वर्षे सेवा अवधि हटाउन सिफारिस गरेको थियो । अर्को प्रशासन पुनर्संरचना आयोग आयोगअन्तर्गत ‘नेपाल प्रहरी सुधार सुझाव कार्यादलको सांगठनिक एवं पुनर्संरचना सम्बन्धी प्रतिवेदन’ले पनि ३० वर्षे सेवा अवधिको सीमा हटाउनुपर्ने सिफारिस गरेको थियो ।

नेपाल प्रहरीको पुनर्संरचनासम्बन्धी अध्ययन प्रतिवेदन २०७३ (कुवेरसिंह राना आयोग प्रतिवेदन) को पेज ७१ बुँदा नम्बर ४.२.१.१ मा नेपाल प्रहरीको अवकाश सम्बन्धमा उमेरको हद र पदावधि मात्र कायम राख्नुपर्ने सिफारिस गरिएको छ । 

अधिकांश प्रहरी अधिकारीहरू पनि ३० वर्षे सेवा अवधिको सीमा हटाउनु पर्ने पक्षमा छन् । ‘अहिले तत्काललाई असहजजस्तो देखिए पनि भविष्यमा यसले संगठनलाई राम्रो बनाउँछ’, प्रहरी प्रधान कार्यालयका एक डीआईजीले लोकान्तरसँग भने ।

स्थानीय तह, संघ र प्रदेशको निर्वाचन सफल बनाएका आईजीपी धिरजप्रताप सिंहलाई प्रधानमन्त्री शेरबहादुर देउवाले भेटेरै प्रसंशा गरेका थिए । अहिलेको सत्ता गठबन्धनले पनि प्रहरीको कामलाई सराहना गरेकाले पनि अहिले लगिएको प्रस्ताव अस्वीकार हुने सम्भावना नभएको प्रहरी अधिकारीहरू बताउँछन् । जसले गर्दा आईजीपी सिंहको अवधि १ वर्ष थप हुने संभावना प्रबल छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x