३० असार २०८३, मंगलबार

शाहरुख खानको नयाँ फिल्मको गीत सार्वजनिक भएलगत्तै विवाद, अश्लीलता र चोरीको आरोप (भिडियो)

मंसिर २७, २०७९
शाहरुख खानको नयाँ फिल्मको गीत सार्वजनिक भएलगत्तै विवाद, अश्लीलता र चोरीको आरोप (भिडियो)

बलिउड सुपरस्टार शाहरुख तथा अभिनेत्री दीपिका पादुकोणको अभिनय रहेको पठानको गीत बेशरम रंग सोमवार सार्वजनिक भएको छ । 

गीत सार्वजनिक भएलगत्तै भाइरल बनेको छ तर केही मानिसहरूले गीतमा आपत्ति जनाएका छन् । 

दीपिकाले गीतमा गेरुवा रंगको बिकिनी लगाएको अनि गीतको बोल बेशरम रंग भएको भनी एक ट्विटर प्रयोगकर्ताले आपत्ति व्यक्त गरेका हुन् । गेरुवा रंग भारतीय संस्कृतिमा पवित्र मानिन्छ र संन्यासीहरूले यस्तो रंगको वस्त्र लगाउने गर्छन् । 

अश्लील वस्त्रलाई गेरुवा रंगको किन बनाएको भनी प्रयोगकर्ताहरूले प्रश्न गरेका छन् । यसअघि अंगप्रदर्शनमा बदनाम मोडल उर्फी जावेदले पनि गेरुवा रंगको अर्धनग्न कपडा लगाउँदा उनीविरुद्ध प्रहरीमा उजुरी परेको विषय पनि उनीहरूले स्मरण गरेका छन् । 

त्यसका साथै यो गीतको धुन चोरिएको आरोप पनि लागेको छ । 

जैन नामक संगीतकारको माकेबा भन्ने गीतबाट यसको धुन चोरिएको ट्विटर प्रयोगकर्ताहरूले आरोप लगाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्