२८ असार २०८३, आइतबार

मादी र पाख्रिवास नगरपालिकामा हिमालयन बैंकको वित्तीय साक्षरता कार्यक्रम

मंसिर २९, २०७९
मादी र पाख्रिवास नगरपालिकामा हिमालयन बैंकको वित्तीय साक्षरता कार्यक्रम

हिमालयन बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मादी नगरपालिकामा गत शुक्रवार र पाख्रिवास नगरपालिकामा गत शनिवार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सो वित्तीय साक्षरता कार्यक्रम बैंकको विराटनगरस्थित प्रदेश १ कार्यालय, मादी शाखा तथा हिले शाखाले संयुक्त रूपमा आयोजना गरेको थियो ।

बैंकको यस कार्यक्रममा विभिन्न वडाका अध्यक्ष तथा सदस्यहरू, राजनीतिक दलका प्रतिनिधिहरू, विद्यालयहरूका शिक्षकहरू, शिक्षा शाखा प्रमुख, व्यवसायिक, विद्यार्थीहरू तथा महिलाहरू गरी करिब ७० जनाको उत्साहजनक उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा उपस्थित सहभागीहरूलाई बैंक, वित्तीय साक्षरताको महत्व, वित्त व्यवस्थाको लागि व्यक्तिगत तथा पारिवारिक बजेट तयार गर्ने, बचत गर्ने बानी सुधार गर्ने, सहुलियत पूर्ण कर्जा र त्यसमा प्राप्त गर्न सकिने अनुदान, हुण्डी र त्यसका नकरात्मक असर, सफा नोट नीति र नोटलाई जतन गर्ने तरिका आदि जस्ता विषयहरूमा विस्तृत ज्ञान दिएका छन् ।

बैंकले मादी नगरपालिकामा आयोजना गरेको सो कार्यक्रममा मादी नगरपालिकाका मेयर जीवनकुमार लिङथेप प्रमुख अतिथिका रुपमा थिए भने पाख्रिवास नगरपालिकाका मेयर ज्ञानबहादुर गुरुङ प्रमुख अतिथिका रुपमा उपस्थित थिए । यसैगरी बैंकका तर्फबाट प्रदेश १ का प्रदेश प्रमुख अमृत मल्ललगायत अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्