
गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेको दाम्पत्य जीवनमा दरार आएको हल्लाले पछिल्लो समय राम्रै चर्चा पायो ।
यही हल्लाकाबीच ऋचाले टिकटकमा एक भिडियो पोष्ट गरेकी छिन्, जसले यी दुईका फ्यानहरुलाई खुशी तुल्याएको छ ।
शनिबार ऋचाले टिकटकमा निशानसँगको एक रोमान्टिक भिडियो पोष्ट गरेकी छिन् । ‘जब से तेरे नैना’बोलको गीतमा बनेको टिकटकमा यी दुई रोमान्टिक रुपमा प्रस्तुत छन् ।
उक्त भिडियोलाई ५ लाख ५० हजार बढीले हेरिसकेका छन् । अधिकांश दर्शकले खुशी व्यक्त गर्दै ‘सधै यस्तै हाँसी-खुशी देख्न पाइयोस्’ भनेर प्रतिक्रिया दिएका छन् । गायक प्रताप दासदेखि गायिका रचना रिमालसम्मले उक्त टिकटक भिडियोमा प्रतिक्रिया दिएका छन् ।
केही वर्षको प्रेम सम्बन्धपछि निशान र ऋचा २०७७ सालमा कानुनी विवाह गरेका थिए ।
पछिल्लो समय दुवैले सामाजिक सञ्जालमा एकअर्कालाई अनफलो गर्नुका साथै एकअर्कासँगको तस्वीर पनि हटाएपछि सम्बन्धमा दरार आएको हल्ला थियो ।
नेपाल आइडलबाट चर्चामा आएका निशानले थुप्रै हिट गीत दिएका छन् । यता, ऋचाले निशानको गीत ‘लाहुर जाने रेल’मा अभिनय गरेकी छन् ।
@richa_neupane ………
♬ Jab Se Tere Naina - Monty Sharma & Shaan