
अभिनेत्री केकी अधिकारीले यसपटकको जन्मदिन फिल्म ‘प्रसाद २’ टिमसँग कास्कीमा मनाइन् ।
कर्मक्षेत्रमै जन्मदिन मनाउन पाउँदा उनी उत्साहित देखिइन् । उनै अभिनेत्री केकीले सामाजिक सञ्जालमा जन्मदिन मनाउँदै गर्दाका केही तस्वीरहरु शेयर गर्दै खुशी साटेकी छिन् ।
यसपटकको जन्मदिनमा पनि आफूले आफैसँग केही बाचा गरेको उनले उल्लेख गरेकी छिन् । ‘एक असल मानिस बन्न सकूँ । इमानदार भएर आफ्नो हरेक जिम्मेवारी पूरा गर्न सकूँ । कला क्षेत्रको लागि सधै काम गरिरहन सकूँ’ केकीले फेसबुकमा लेखेकी छिन् ‘जानीनजानी कसैको चित्त नदुखाउने कोशिस गरिरहन सकूँ । यहाँहरुको माया, सद्भाव, सम्मानलाई सधै कायम राखिरहन सकूँ ।’
सुदर्शन थापाको निर्देशनमा छायाँकन भइरहेको फिल्म ‘प्रसाद २’मा विपिन कार्की र केकी अधिकारीले शीर्ष भूमिकामा अभिनय गरेका छन् ।