२१ असार २०८३, आइतबार

शाहरुख खानको 'पठान' फिल्मको अर्को गीतमाथि पनि लाग्यो चोरीको आरोप (भिडियो)

पुस ८, २०७९
शाहरुख खानको 'पठान' फिल्मको अर्को गीतमाथि पनि लाग्यो चोरीको आरोप (भिडियो)

शाहरुख खानको बहुप्रतीक्षित फिल्म 'पठान'को दोस्रो गीत सार्वजनिक हुनेबित्तिकै विवादमा फसेको छ । 

बिहीवार 'झुमे जो पठान' बोलको गीत सार्वजनिक भएको थियो । सार्वजनिक भएलगत्तै यो गीत भाइरल हुन पुग्यो । 

तर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यो गीतको धुन एउटा पुरानो हिन्दी गीतसँग हुबहु मिलेको खुलासा गरिदिए । 

संगीतकार विशाल–शेखरले पठानको पहिलो गीत 'बेशरम रंग' फ्रान्सेली गायिका जैनको गीत 'माकेबा'बाट चोरेका थिए भने झुमे जो पठान चाहिँ 'अर्जुन : द वारियर प्रिन्स'को 'कर्म की तलवार' गीतबाट चोरेका रहेछन् । 

कर्म की तलवार गीत सुखविन्दर सिंहले गाएका हुन् भने चोरिएको गीत झुमे जो पठानमा अरिजित सिंहको आवाज छ ।
 

salt training

कमेन्ट गर्नुहोस्