०२ साउन २०८३, शनिबार

डेढ दशकपछि नेपाली फिल्ममा कमब्याक गर्दै अभिनेत्री बिपना

डेढ दशकपछि नेपाली फिल्ममा कमब्याक गर्दै अभिनेत्री बिपना

एक समयकी चर्चित अभिनेत्री बिपना थापा झण्डै १६ वर्षपछि नेपाली फिल्ममा कमब्याक गर्ने भएकी छिन् ।

नीता ढुंगाना र हरिहर अधिकारीले निर्माण गर्न लागेको मल्टिस्टारर फिल्म ‘ह्रस्वदीर्घ’मा उनी मुख्य कलाकारको रुपमा अनुबन्धित भएकी हुन् ।

नीता फिल्मसको ब्यानरमा निर्माण हुने ‘ह्रस्वदीर्घ’ छायांकनको तयारीमा छ । 

बिपनालाई मुख्यमध्येको एक पात्रको रुपमा अनुबन्धित गरिएको नीताले जानकारी दिएकी छिन् । विवाहपछि नेपाली फिल्मबाट टाढिएकी विपना पछिल्लो समय भारतमा बस्दै आएकी छिन् । उनी बेला–बेलामा नेपाल आउने जाने गर्दै आएकी छिन् ।

चन्द्र पन्तको निर्देशन रहने फिल्मका लागि यसअघि सरोज खनाल, सलोन बस्नेत, नीता ढुंगाना, हरिहर अधिकारी, प्रदीप रावत, ब्रम्हानन्द लगायतका कलाकारहरू तय भइसकेका छन् । 

फेब्रुअरी १ देखि फिल्मको छायाँकन गर्ने तयारी छ ।

भारतको हैदराबादस्थित रामोजी स्टुडियोबाट फिल्मको सुटिङ सुरु हुने जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्