एक समयकी चर्चित अभिनेत्री बिपना थापा झण्डै १६ वर्षपछि नेपाली फिल्ममा कमब्याक गर्ने भएकी छिन् ।
नीता ढुंगाना र हरिहर अधिकारीले निर्माण गर्न लागेको मल्टिस्टारर फिल्म ‘ह्रस्वदीर्घ’मा उनी मुख्य कलाकारको रुपमा अनुबन्धित भएकी हुन् ।
नीता फिल्मसको ब्यानरमा निर्माण हुने ‘ह्रस्वदीर्घ’ छायांकनको तयारीमा छ ।
बिपनालाई मुख्यमध्येको एक पात्रको रुपमा अनुबन्धित गरिएको नीताले जानकारी दिएकी छिन् । विवाहपछि नेपाली फिल्मबाट टाढिएकी विपना पछिल्लो समय भारतमा बस्दै आएकी छिन् । उनी बेला–बेलामा नेपाल आउने जाने गर्दै आएकी छिन् ।
चन्द्र पन्तको निर्देशन रहने फिल्मका लागि यसअघि सरोज खनाल, सलोन बस्नेत, नीता ढुंगाना, हरिहर अधिकारी, प्रदीप रावत, ब्रम्हानन्द लगायतका कलाकारहरू तय भइसकेका छन् ।
फेब्रुअरी १ देखि फिल्मको छायाँकन गर्ने तयारी छ ।
भारतको हैदराबादस्थित रामोजी स्टुडियोबाट फिल्मको सुटिङ सुरु हुने जनाइएको छ ।
