०६ साउन २०८३, बुधबार

सिभिल बैंकले जनकपुर, धनगढी र ललितपुरलगायतका शहरहरूलाई डिजिटलाइज बनाउँदै

सिभिल बैंकले जनकपुर, धनगढी र ललितपुरलगायतका शहरहरूलाई डिजिटलाइज बनाउँदै

पछिल्ला दिनमा विभिन्न बजार तथा पेशाहरू धमाधम डिजिटल रूपमा विस्तार भइरहेका छन् । नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीको अग्रसरता, फोनपे र विभिन्न बैंकहरूको शक्रियताका कारण डिजिटल अभियान साकार हुँदै गएको हो । पछिल्लो समयमा सिभिल बैंक लिमिटेडले  विभिन्न शहर तथा व्यवशायलाई डिजिटल रूपमा विकास गर्दै गइरहेको छ । 

बैकले फोनपेसँगको सहकार्यमा ललितपुर जिल्लामा चल्ने सफा टेम्पोहरूलाई डिजिटलाइज गरेको छ । अबदेखि ति टेम्पोहरूमा यात्रा गर्दा सहजै फोनपे क्यूआरमार्फत भुक्तानी गर्न सकिन्छ । यो अभियान पनि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा भएको थियो । यो अभियान एक वर्ष अगाडि नै गभर्नर अधिकारीको नेतृत्वमा शुरू भएको थियो । 

यस्तै सिभिल बैंकको सक्रियतामै गत महिना सुदूरपश्चिम प्रदेशका धनगढीलगायतका विभिन्न चार स्थानमा चल्ने रिक्साहरूलाई डिजिटलाइज गरिएको थियो । ति स्थानहरूमा समेत अबदेखि नगद बोक्नुपर्ने झञ्झटबाट मुक्ति मिलेको छ । यसैगरी महेन्द्रनगर र नेपालगञ्ज क्षेत्रमा चल्ने अटोरिक्सालाई पनि डिजिटलाइज गरिएको छ । 

यस्तै सिभिल बैंकले प्रदेश नं २ को जनकपुरमा रहेका रिक्सा, चिया पसल र विभिन्न फलफूलहरूलाई डिजिटलाइज गरिसकेको छ । अबदेखि जनकपुर बजारमा समेत नगद बोक्ने झञ्झटबाट मुक्ति मिलेको छ । फोनपे, विभिन्न बंैंक तथा वित्तीय संस्थाको सक्रियतामा नेपाल सरकार र राष्ट्रबैंकको डिजिटल नेपाल बनाउने अभियान साकार हुँदै गएको छ । जसको नेतृत्व भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिभिटेडले गरिरहेको छ । 

विभिन्न शहर तथा व्यवसायलाई डिजिटलाइज गर्ने अभियानको उद्घाटन गर्दै गभर्नर अधिकारीले फोनपे र सिभिल बैंकको सक्रियताको प्रसंशा गरे । 

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त फोनपे पेमेन्ट सर्भिस लिमिटेड एफवान सफ्ट ग्रुपको सहायक कम्पनी हो । फोनपेमा अहिले ६० भन्दा बढी बैंक तथा वित्तीय संस्था आबद्ध छन् । एक करोड ७० लाखभन्दा धेरै मोबाइल बैकिङ प्रयोगकर्ता तथा भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाइल एप्समार्फत फोनपेले सेवा पु¥याउँदै आएको छ । हाल फोनपेमा करिब ११ मर्चेन्ट रहेका छन् । फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ पीसीआई डिएसएस भिथ्रिटुवान प्रमाणीकरण प्राप्त संस्था पनि हो ।
 

salt training

कमेन्ट गर्नुहोस्