३० असार २०८३, मंगलबार

राति ११ बजेपछि पनि फिल्म देखाउन बोर्डले दियो अनुमति, चारदिन अघि सेन्सर सिफारिस लिए हुने

राति ११ बजेपछि पनि फिल्म देखाउन बोर्डले दियो अनुमति, चारदिन अघि सेन्सर सिफारिस लिए हुने

चलचित्र विकास बोर्डले स्वदेशी तथा विदेशी चलचित्र जाँच (सेन्सर) को सिफारिस लिनका लागि सार्वजनिक प्रदर्शन हुने मिति भन्दा कम्तीमा ७ (सात) दिन अगावै दरखास्त पेश गर्नुपर्ने नियमलाई परिमार्जन गरेको छ । सोमवार बसेको विकास बोर्डको बैठकले अब ४ (चार) दिन अगावै दरखास्त पेश गर्नुपर्ने गरी निर्णय गरेको हो । 

बैठकले बेलुकी ११ बजेपछि चलचित्र प्रदर्शन शुरु गर्नुपर्दा आवश्यक शान्ति सुरक्षाको व्यवस्था सुनिश्चित हुने गरी प्रदर्शकले चलचित्र प्रदर्शन गर्नुपर्ने र त्यसरी उक्त समयमा चलचित्र प्रदर्शन गर्नुपरेमा प्रदर्शन गर्नुअगावै बोर्डलाई जानकारी गराए हुने निर्णय गरेको छ । यसअघि बेलुका ११ बजेसम्म सकिने गरी चलचित्र प्रदर्शन गर्नुपर्ने र त्यसपछि प्रदर्शन गर्नुपरेमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिई चलचित्र विकास बोर्डलाई समेत जानकारी गराउनुपर्ने प्रावधान थियो । 

नेपाली चलचित्र क्षेत्रका समस्याहरूको समाधानका र यस क्षेत्रको हितको लागि विभिन्न संघ–संस्थाहरूसँग वार्ता, छलफल तथा अन्तरक्रियाको लागि चलचित्र विकास बोर्ड सदैव तत्पर रहेको अध्यक्ष भुवन केसीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्