फिल्म ‘ह्यारीकी प्यारी’मा अभिनेत्री रेखा थापाले आइटम डान्स गरेकी छिन् ।
बिहीवार राजधानीमा एक कार्यक्रमकाबीच ‘धरहरा’ बोलको आइटम गीत सार्वजनिक गरिएको हो ।
मिना पोखरेल निरौला र सपनकुमार राईले स्वर दिएको गीतमा रेखाले आइटम डान्स गरेकी हुन् ।
कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा रेखासँगै फिल्मका मुख्य कलाकारद्धय जितु नेपाल र विजय बराल प्रस्तुत छन् ।
डा. भोला रिजालको शब्द रहेको गीतमा शिखर सन्तोषको संगीत, उदजराज पौडेलको संगीत संयोजन छ ।
डा. कपिल रिजालको लेखन एवं निर्देशन रहेको फिल्म ‘ह्यारीकी प्यारी’मा जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाह मुख्य भूमिकामा छन् । साथमा, विजय बरालसँगै लक्ष्मी गिरी, सुवास गजुरेल, रञ्जना भट्टराई, सरला रिजाल लगायतका कलाकारहरूको समेत अभिनय छ ।
डा. भोला रिजालको निर्माण रहेको यो फिल्म माघको २० गतेदेखि सार्वजनिक प्रदर्शनमा आउँदैछ ।
रेखा थापा केही वर्षयता फिल्मको पर्दामा देखिएकी थिइनन् ।