×

NMB BANK
NIC ASIA

राजधानी फर्कियो ‘तिम्रो मेरो साथ’ टिम, यस्तो रह्यो पुष्प र साम्राज्ञीको मोफसल टुर

पुस १८, २०७९

NTC
Premier Steels

पुष २९ बाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्र ‘तिम्रो मेरो साथ’को टिम मोफसल यात्रा सकेर राजधानी फर्किएको छ । पर्यटकीय नगरी पोखराबाट सुरु भएको मोफसल यात्रा दमकमा पुगेर सम्पन्न गर्दै चलचित्रको टिम काठमाडौं फर्किएको हो ।

Muktinath Bank


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पोखरामा प्रेस भेटघाट र चलचित्र प्रचार गरेपछि टिम चितवन पुगेको थियो । चितवनका विभिन्न क्याम्पस, हल र मलमा दर्शकसँग साक्षात्कार गरेको टिमले त्यहाँ चलचित्रको शीर्ष गीतपनि सार्वजनिक गरेको थियो ।


Advertisment
Nabil box
Kumari

चितवन भ्रमणपछि अभिनेता पुष्प खड्का, अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह, अर्का अभिनेता सन्दीप क्षेत्री र निर्देशक रमेश एमके पौडेलसहितको टिम हेटौंडा पुगेको थियो ।

Vianet communication

हेटौंडामा पत्रकार सम्मेलन गरेर टिमले चलचित्रबारे जानकारी दियो । हेटौंडाका संचारकर्मीसंगको साक्षात्कारपछि टिम सर्लाहीको लालबन्दी पुगेको थियो । 

लालबन्दीमा कन्सर्ट गरेको टिमले दर्शकको उल्लेख्य साथ पायो ।

साम्राज्ञी, पुष्प र सन्दीपले दर्शक झुमाएका थिए । दर्शक संख्या बढी हुँदा प्रहरीलाई भिड व्यवस्थापन गर्न हम्मे–हम्मे परेको थियो । 

लालबन्दीमा साम्राज्ञी, पुष्प र सन्दीपको क्रेज देखियो । दर्शकहरु उनीहरूसँग नजिक हुन र फोटो खिच्न उत्साहित देखिन्थे ।

लालबन्दीको सफल भ्रमणपछि ‘तिम्रो मेरो साथ’ टिम इटहरी र दमकतर्फ पुगेको हो । 

इटहरीमा चलचित्रको टिमले शहर परिक्रमा गरेको थियो । अटो रिक्सामा चलचित्रको पोस्टर टाँसेर शहरको चक्कर लगाउदा दर्शकको ध्यान केन्द्रित गर्न सफल भएको थियो ।

इटहरीमा पत्रकार भेटघाट गरेपछि टिम दमकतर्फ लागेको थियो । दमकमा प्रेसमिट गरेपछि निर्माण टिम राजधानी फर्किएको हो । अब निर्माण पक्षले काठमाडौँ उपत्यकामा प्रचारका कार्य गर्नेछ । मोफसल यात्रापछि काठमाडौं आइपुगेका निर्देशक पौडेलले मोफसलमा दर्शक र मिडियाको न्यानो साथ पाएको, चलचित्रलाई लिएर दर्शकहरु उत्साहित रहेको भन्दै खुशी व्यक्त गरे ।

पौडेलले भने, ‘मोफसलको सफल भ्रमण सकाएर काठमाडौं आइपुगेका छौं । उपत्यका बाहिरका दर्शकसंग आत्मियता साट्न पायौं । उहाँहरू चलचित्रलाई लिएर निक्कै उत्साहित हुनुहुन्छ । मिडियाकर्मीबाट पनि राम्रो साथ पायौँ । आशा छ दर्शकले हलमा पनि साथ दिनु हुन्छ होला ।’  ​

पौडेलले एउटा राम्रो लभस्टोरी चलचित्र बनाएको भन्दै पुष २९ देखि हल पुगेर हेरिदिन आग्रह गरे ।

प्रेमकथामा आधारित चलचित्रको ट्रेलर र गीत संगीतले दर्शकको राम्रो साथ र प्रतिक्रिया पाएकाले चलचित्रले पनि राम्रो प्रतिक्रिया पाउनेमा निर्माण टिम आशावादी देखिएको छ ।

चलचित्रमा पुष्प, साम्राज्ञी र सन्दीपसंगै सरोज खनाल, खड्क बहादुर पुन, दिपिशा केसीलगायतका कलाकारहरूको अभिनय छ । 

सबिर श्रेष्ठ र बाबुराम निरौलाको स्क्रिप्टमा निर्माण चलचित्रमा शिव ढकालको छायांकन, सुवाष भुषाल÷योगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ । 

सबिर श्रेष्ठको लेखन तथा कार्यकारी निर्माण रहेको चलचित्रमा पासाङ लामा, अर्नव पौडेल र आर्यन पौडेलको लगानी रहेको छ ।

चलचित्रको सह–निर्मातामा नीरु भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली रहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x