२८ असार २०८३, आइतबार

वासिङ मेसिनको डिजिटल इन्भर्टर मोटर्स र रेफ्रिजेरेटर्सको डिजिटल इन्भर्टर कम्प्रेसरमा २० वर्षसम्मको वारेन्टी

वासिङ मेसिनको डिजिटल इन्भर्टर मोटर्स र रेफ्रिजेरेटर्सको डिजिटल इन्भर्टर कम्प्रेसरमा २० वर्षसम्मको वारेन्टी

नेपालको अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले आफ्नो वासिङ मेसिनहरूमा प्रयोग हुने डिजिटल इन्भर्टर मोटर र फ्रिजहरूमा प्रयोग हुने डिजिटल इन्भर्टर कम्प्रेसरमा पहिलो पटक २० वर्षको वारेन्टी प्रदान गर्दै नयाँ आयामको शुरुवात गरेको छ ।

सामसङको यो पहलले आफ्ना उत्पादनहरूमा विश्वसनीयता र टिकाउपनलाई अझ मजबुत बनाएर ग्राहकहरूको मन जित्ने कम्पनीको दाबी छ । कम्पनीका अनुसार यसले ई–वेष्ट न्यूनीकरण गर्ने र उपभोक्ताहरूलाई उच्च गुणस्तरीय र टिकाउ उपकरणहरू प्रदान गर्दै दिगो जीवनशैली प्रबद्र्धन गर्ने आफ्नो प्रतिबद्धतालाई प्रस्तुत गरेको छ ।

आधुनिक प्रविधिमा अग्रसर सामसङले आफ्ना प्रोडक्टहरूमा एडभान्स डिजिटल इन्भर्टर कम्प्रेसर र डिजिटल इन्भर्टर मोटर प्रयोग गरी, आफ्ना उपकरणहरूको गुणस्तरलाई अझ मजबुत बनाई उपभोक्ताको विश्वास सजिलै जित्ने कम्पनीको दाबी छ । 

सामसङको सस्टेनएबलिटी भिजनलाई आत्मसाथ गर्दै आफ्ना वासिङ मेसिन र रेफ्रिजरेटरहरूमा प्रयोग हुने डिजिटल इन्भर्टर मोटर्स र कम्प्रेसरहरूमा २० वर्षको वारेन्टी ल्याएको छ । 

घरेलु उपकरणहरू बारम्बार प्रतिस्थापनले समय र ऊर्जा खर्च मात्र गर्दैन तर भौतिक फोहोर पनि उत्पादन गर्दछ, जुन आजको समयमा हाम्रो लागि ठूलो चुनौतीको रुपमा खडा भएको छ । तसर्थ, यो पहलले उपभोक्ताहरूको आत्मविश्वास जित्दै, सामसङका सामानहरूमा दिगोपनको बाचासहितको ई–वेष्टलाई न्यूनीकरण गर्ने उद्देश्य लिइएको सामसङ नेपालका कन्ज्युमर इलेक्ट्रोनिक्स व्यवसायका उपमहाप्रबन्धक आलोककुमार गुप्ताले बताए । 

डिजिटल इन्भर्टर टेक्नोलोजीको समर्थन

डिजिटल इन्भर्टर टेक्नोलोजीले ऊर्जा दक्षता र कार्यसम्पादनमा फ्रिज र वासिङ मेसिनजस्ता ठूला उपकरणहरू लामो समयसम्म टिक्नेलगायत धेरै कुराहरूमा प्रभाव पार्छ । जस्तै, २० वर्षको वारेन्टीको सुविधाले यस कोर कम्पोनेन्टहरूको एकताको सुरक्षा गर्दै उपकरणहरूको प्रयोग समेत विस्तार गर्दछ । विश्वसनीयतामार्फत प्रयोगकर्ताहरूलाई मानसिक रूपमा शान्ति प्रदान गर्दछ र वातावरणीय फोहोर घटाउन मद्दत गर्छ ।

डिजिटल इन्भर्टरहरूको कार्यक्षमता

डिजिटल इन्भर्टर मोटरले बलियो चुम्बकहरू प्रयोग गर्दछ । जसले गर्दा मेसिनलाई भाइब्रेट हुन बाट जोगाउँछ र वासिङ मेसिनलाई धेरै शान्त र सहज रूपमा चलाउँछ । जसले यहाहरूको जीवनलाई दैनिक रुपमा सहज र सरल बनाउने र यसले सञ्चालन खर्चलाई समेत नियन्त्रण गर्ने कम्पनीले जनाएको छ । 

यसले लुगा धुनका लागि यसमा भएको अन्य राम्रो सुवधाहरू प्रयोग गरी सञ्चालनमा लाग्ने खर्चहरू पनि घटाउँछ । डिजिटल इन्भर्टर मोटर ब्रसलेस छ । यस्तै मेसिनमा चलाउने पार्ट्सहरूको संख्या सानो छ जसले तिनीहरूलाई लामो समयसम्म टिकाउन मद्दत गर्छ ।

डिजिटल इन्भर्टर कम्प्रेसरले मानक सिंगल–स्पीड कम्प्रेसरको विपरीत एक नासको गतिमा काम गर्न सक्छ । जसको मद्दतले बन्द गर्ने वा पूर्ण गतिमा सञ्चालन गर्ने भन्ने कुरा निर्धारण गर्छ। डिजिटल इन्भर्टर कम्प्रेसर लगभग सधैं सक्रिय हुन्छन् तर यसले फरक गतिमा पनि काम गर्न सक्छ । 

यसले फ्रिजभित्र उच्च दक्षता र लगातार तापमान राखिराख्न सुनिश्चित गर्दछ । यसको महत्त्वपूर्ण कुरा भनेको लागत बचत, कम कार्बन फुटप्रिन्ट, कम आवाज र कम्प्रेसरलाई लामो समयसम्म टिकाउने हुन्छ ।

ऊर्जा दक्षताप्रति प्रतिबद्धता
सामसङको डिजिटल इन्भर्टर टेक्नोलोजीले सबै उपकरणहरूमा दिगोपनको साथ आफैंमा अलग पहिचान बनाएको छ । सामसङले आफ्ना ग्राहकहरूलाई डिजिटल इन्भर्टर टेक्नोलोजीमा वारेन्टी विस्तार गरेर २० वर्षसम्म भ्यालु थप्न जारी राख्ने वाचा गरेको छ ।

कम्पनीको यस्तो प्रतिबद्धता गर्नुको अर्थ उपकरण उत्पादन र त्यसपछि पनि डिजिटल इन्भर्टर टेक्नोलोजीको मर्मत र सेवा गर्न आवश्यक पर्ने पार्ट्सहरू २० वर्षसम्म उपलब्ध गराइनेछ ।

लामो समयसम्म दिगोपन कायम 

लामो समयसम्म दिगोपन कायम गर्न सामसङले यो सबैको घरबाट शुरु हुनुपर्छ भन्ने विश्वास गर्दछ । किनभने हरेक दिन गरिएका साना कामहरूले पृथ्वीमा ठूलो प्रभाव पार्न सक्छ । २० वर्षको वारेन्टीद्वारा समर्थित आफ्नो किचन र अन्य उपकरणहरूमा समावेश गरिएका नवीन समाधानहरूका साथ कम्पनीले घरको लागि सक्रिय दिगो समाधानहरूलाई आत्मसाथ गर्दछ ।

सामसङको एडभान्स दक्ष रेफ्रिजरेटर वा वासिङ मेसिन खोज्ने उपभोक्ताहरूका लागि एक राम्रो प्राकृतिक विकल्प बन्न सक्छ । 

सामसङ इलेक्ट्रोनिक्स कम्पनी लिमिटेडको बारेमा

सामसङले संसारलाई प्रेरित गर्दै परिवर्तनकारी विचार र प्रविधिहरूद्वारा भविष्यलाई आकार दिन्छ । कम्पनीले डिजिटल उपकरणहरू, टिभीहरू, स्मार्टफोनहरू, पहिरन योग्य उपकरणहरू, ट्याब्लेटहरू, नेटवर्क प्रणालीहरू र मेमोरी, एलएसआई प्रणाली, फाउन्ड्री, र एलईडीसमाधानहरूको संसारलाई पुनः परिभाषित गर्दैछ । 

salt training

कमेन्ट गर्नुहोस्