
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष तिमिल्सिनाबीच मंगलवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो ।
भेटमा राष्ट्रियसभामा रिक्त उपाध्यक्ष र एक सांसदको चुनाव गर्ने विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । त्यस्तै, प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष तिमिल्सिनाबीच कोरला नाकामा भन्सारको लागि आवश्यक पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गर्नेबारेमा छलफल भएको छ ।
त्यस्तै राष्ट्रिय सभाबाट पारित ५ वटा विधेयक सम्बन्धमा पनि उनीहरूबीच छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।