जलेश्वर १ भदाै– ह्रदयघातबाट मृत्यु भएका महोत्तरीको जलेश्वर नगरपालिका ९ का रामेश्वर चौधरीको बाढीका कारण परिवारले आँगनमै दाहसंस्कार गरेका छन् ।

अबिरल बर्षाका कारण जलेश्वर क्षेत्र जलमग्न भएका कारण मृतक चौधरीलाई परिवारले घाटसम्म पु–याउन नसकेपछि परिवारले आँगनमै दाहसंस्कार गरेका हुन् ।

२८ साउनमा नातिनीसँगै बसिरहेकै बेला ५४ बर्षीय चौधरीको ह्रदयघाटबाट मृत्यु भएको थियो ।
मृतक चौधरीका तीन छोरा छन् । जसमध्ये जेठो छोरा बिनोद चौधरी अछाममा, माइलो छोरो दिनेश चौधरी मलेसियामा काम गर्दै आएका थिए । कान्छो छोरा उमेश चौधरी भने घरमै थिए । अबिरल बर्षाका कारण जेठो छोरा बस्ने अछाममा पनि पहिरो गइरहेका कारण घर फर्कन सक्ने स्थिति थिएन भने माइलो छोरो मलेसियामा कार्यरत थिए ।
त्यसैले बुबाको दाहसंस्कार गर्दा कान्छो छोरो उमेशले दागबत्ति दिएका दिए ।

