२९ असार २०८३, सोमबार

एनएमबि बैंकको खुद नाफा ३ अर्ब २९ करोड

एनएमबि बैंकको खुद नाफा ३ अर्ब २९ करोड

एनएमबि बैंकका सञ्चालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीको उपस्थितिमा सोमवार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा २७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । 

एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको सभापतित्वमा साधारणसभा सम्पन्न भएको छ । साधारण सभामा बैंकका शेयरधनीले आ–आफ्नो विचार समेत व्यक्त गरेका थिए ।

वार्षिक साधारण सभाद्वारा आव २०७८/७९ को नाफाबाट हाल कायम चुक्तापुँजीको ८.२५ प्रतिशत (करसहित) नगद लाभांश पारित गरिएको छ । बैंकको २०७९ असारसम्ममा खुद नाफा ३ अर्ब २९ करोड, निक्षेप १८६.४० अर्ब र कर्जा १८२.०९ अर्ब रहेको छ ।

बैंकले हाल देशभर २०१ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरहरूमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्