
आगामी शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्र ‘तिम्रो मेरो साथ’ सेन्सर पास भएको छ ।
केन्द्रीय चलचित्र जाँच समितिले पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर यो लभस्टोरी चलचित्रलाई युनिभर्सल सर्टिफिकेट दिएको हो ।
युनिभर्सल सर्टिफिकेट पाएसँगै जुनसुकै उमेरका दर्शकले यो चलचित्र हेर्न पाउनेछन् ।
रमेश एमके पौडेलको डेब्यू निर्देशकीय यस चलचित्रमा पुष्प र साम्राज्ञीका अलावा सन्दीप क्षेत्री, इमिली लामा, सरोज खनाल, खड्ग बहादुर पुन, दिपिशा केसी लगायतका कलाकारहरुको अभिनय छ ।
सबिर श्रेष्ठको लेखन तथा कार्यकारी निर्माण रहेको चलचित्रमा पासाङ लामा, अर्नव पौडेल र आर्यन पौडेलको लगानी छ ।
‘महापुरुष’यता कुनै नेपाली चलचित्रले हलमा दर्शक तान्न नसकिरहेको अवस्थामा ‘तिम्रो मेरो साथ’लाई लिएर आशा गरिएको छ ।