०५ साउन २०८३, मंगलबार

श्रीमान् छुटाइदिने बहानामा वेश्यावृत्तिमा लगाउने दुई जना वीरगञ्जबाट पक्राउ

श्रीमान् छुटाइदिने बहानामा वेश्यावृत्तिमा लगाउने दुई जना वीरगञ्जबाट पक्राउ

जे‍लमा रहेको श्रीमान् छुटाइदिने प्रलोभन पारेर वेश्वावृत्तिमा लगाउने दुई जनालाई प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिकाको एक होटलबाट पक्राउ गरेको छ। 

गत पुस २४ गते वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ स्थित रानीपोखरी होटलबाट लमुजुङ राइनास नगरपालिका वडा नम्बर ४ घर भएका डोलनाथ कट्टेल र महोत्तरी नगरपालिका वडा नम्बर ११ घर भएका उक्त होटलमा वेटरका रूपमा काम गर्ने ३७ वर्षीय रमेश कुमार श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

मानव बेचबिखन तथा ओसार पसारजन्य कार्य भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले राति १० बजे चेकजाँच गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो। 

उनीहरूले ​कारागारमा जेल जीवन बिताइरहेको आफ्नो श्रीमानलाई छुटाइदिने र एक रातकै ४ हजार दिने झुठ्ठा आश्वासन दिएको बताइन् बारा घर बताउने २५ वर्षीया महिलाले बयानका क्रममा बताएकी छन्। 

आफूलाई प्रलोभनमा पारेर उनीहरूले इच्छाविपरीत वेश्यावृत्तिमा लगाएको ती महिलाले दुखेसो गरिन्। आरोपी श्रेष्ठ र अरोडालाई मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा नियन्त्रणमा लिई पर्सा जिल्ला अदालतबाट दिनको म्याद थपी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

salt training

कमेन्ट गर्नुहोस्