११ साउन २०८३, सोमबार

लक्ष्मी बैंकको २२ औं वार्षिक साधारणसभा सम्पन्न

लक्ष्मी बैंकको २२ औं वार्षिक साधारणसभा सम्पन्न

लक्ष्मी बैंकको २२ औं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ। 

साधारण सभाले आर्थिक वर्ष २०७८/७९ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरणउपर छलफल गरी स्वीकृत गरेको छ । साथै आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षकको नियुक्तिसमेत गरेको छ। 

आर्थिक वर्ष २०७८/७९ मा १३९ अर्ब निक्षेप र १३२ अर्ब कर्जा पुर्‍याएको यस बैंकको वासलातको आकार १७३ अर्ब रहेको छ। उक्त आवमा बैंकले १ अर्ब ५१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्