×

NMB BANK
NIC ASIA

पोखरामा विमान दुर्घटना

आन्तरिक उडानकै सबैभन्दा ठूलो दुर्घटना : किंगफिशरदेखि नोक एयरसम्मले उडाएका थिए यो विमान

माघ १, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलनजिक दुर्घटनामा परेको छ ।

Muktinath Bank

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १५ दिनमै भयानक दुर्घटना भएको छ । उक्त विमानस्थल जनवरी १ बाट मात्रै सञ्चालनमा आएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पुरानो र नयाँ विमानस्थलको बीचमा भएको यो दुर्घटना आन्तरिक उडानतर्फ सबैभन्दा ठूलो हो । यसअघि एटीआर ७२ विमान नेपालमा दुर्घटना भएको थिएन ।


Advertisment
Nabil box
Kumari

यो आन्तरिक उडानमा सबैभन्दा ठूलो दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक रतिशचन्द्र लाल सुमनले बताए । 

Vianet communication
Laxmi Bank

७२ जनाको क्षमता रहेको विमानमा पूर्ण क्षमतामा अर्थात् ७२ जना नै सवार थिए ।

पोखरा विमानस्थल सञ्चालनमा १५ दिनमै यति ठूलो दुर्घटना हुनुले सम्पूर्ण हवाई क्षेत्रलाई दु:खित बनाएको उनले बताए । 

नेपालमा अधिकांश दुर्घटना साना र दुर्गम क्षेत्रका उडानमा हुने गरेको भए पनि आन्तरिक उडानकै यति ठूलो विमान दुर्घटना दुर्घटना भएको थिएन ।

आन्तरिकतर्फ यती र बुद्धले मात्रै यस्ता ठूला विमान उडाइरहेका छन् ।

नेपाल आकाशमा आज दुर्घटना भएको उक्त विमान १५ वर्ष ५ महिनादेखि उडानमा थियो । यही विमान हो, जसलाई २००७ मा भारतको किंगफिशर एयरलाइन्सले पनि उडाएको थियो ।

यसलाई २०१३ देखि थाइल्यान्डको नोक एयरलाइन्समार्फत उडाइएको थियो । यो विमान २०१९ को अप्रिलदेखि यती एयरलाइन्सले उडाउन थालेको हो । 

यती एयरलाइन्सले ७ पुसमा यो विमानबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा डेमो उडान गरेको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा १७ पुसबाट सबै नियमित उडान आन्तरिक वायुसेवाले यही विमानस्थलबाट गरेका थिए । 

आज दुर्घटनामा परेको विमानलाई क्याप्टेनद्वय कमल थापा र अञ्जु खतिवडाले उडाएका थिए । यो विमान काठमाडौंबाट उडेको १८ मिनेटमै दुर्घटनामा परेको थियो । 

नेपाली आकाशमा भएको विमान दुर्घटना नेपालमा भएका मल्टिइन्जिनको विमानमा ५० औं दुर्घटना हो ।

यसअघि विभिन्न कम्पनी मल्टिइन्जिनका विमान ४९ वटा दुर्घटनामा परेका छन् । 

हेर्नुहोस्, विवरण :

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x