नेपाली अभिनेत्री तथा मोडल मुना गौचन यतिबेला भारतको मुम्बईमा छिन् ।
‘जालो’, ‘चपली हाइट २’ लगायतका नेपाली चलचित्रमा अभिनय गरेकी उनी त्यहाँ रहेर विभिन्न प्रोजेक्टमा काम गरिरहेकी छिन् ।
उनले हालसालै बलिउड अभिनेता रणवीर कपुरसँग एक विज्ञापनमा काम गरेकी छिन् ।
एसियन पेन्ट्सको विज्ञापनमा उनले रणवीरसँग स्क्रिन शेयर गरेकी हुन् ।
उक्त विज्ञापन छायाँकनका तस्वीरहरू मुनाले फेसबुक वालमा शेयर गर्दै ‘जादू र जादूगर’ उल्लेख गरेकी छन् ।
तस्वीरहरू मुनाको फेसबुक वालबाट



