०२ साउन २०८३, शनिबार

'आयो है ल्होछार' भिडियो गीत सार्वजनिक

'आयो है ल्होछार' भिडियो गीत सार्वजनिक

गायक एबम् संगीतकार राजकुमार दोङ तामाङ र गायिका निर्मला घिसिङको आवाजमा ल्होछार गीत 'आयो है ल्होछार' बोलको भिडियो गीत सार्वजनिक भएको छ । डोल्मो घिसिङ तामाङको अफिसियल युटुब च्यानलबाट उक्त गीत बजारमा मंगलबार सार्वजनिक गरिएको हो । 

गायक एवम् संगीतकार राजकुमार दोङ तामाङको शब्द र संगीतमा तयार भएको उक्त गीतलाई जोगलाल लामाले संगीत संयोजन, अर्पण थिङले मिक्सिङ गरेका हुन । रोनिश लामाले ड्रोन छायांकन गरेको उक्त गीतको म्युजिक भिडियोलाई बिनोद लामाले छायांकन राजेन्द्र मोक्तानले कलर र अजय स्याङ्तानले निर्देशन र कोरियोग्राफी गरेका छन् ।

डोल्मो घिसिङ तामाङले निर्माण गरेको भिडियोमा अजय स्याङ्तान, रोहनी लामा, रस्मिला तामाङ,  बुद्धी तामाङको अभिनय रहेको छ । भिडियो गीत सार्वजनिक भएसँगै बजारमा यसले चर्चा पाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्