२९ असार २०८३, सोमबार

लण्डनमा फिल्म फेस्टिभल हुँदै, ‘झिंगेदाउ’देखि ‘प्रेम गीत ३’सम्म देखाइने

लण्डनमा फिल्म फेस्टिभल हुँदै, ‘झिंगेदाउ’देखि ‘प्रेम गीत ३’सम्म देखाइने

विश्व बजारमा नेपाली फिल्मको प्रवर्द्धन गर्ने उद्देश्यका साथ बेलायतको राजधानी लण्डनमा ‘नेपाली फिल्म फेस्टिभल २०२३’ आयोजना हुने भएको छ ।

‘थर्ड आइ’ले आयोजना गर्न लागेको यस फेस्टिभल ८ दिनसम्म चल्नेछ । 

फेस्टिभलमा एक दर्जन हाराहारी नेपाली फिल्म देखाइनेछ । हलमा रिलिज भएका तर युट्युबमा नआइसकेको फिल्महरूलाई छनोट गरी फेस्टिभलमा देखाइने थर्ड आइका निर्देशक विकास देवकोटाले बताए । 

विकासका अनुसार ‘जीवन काँडा कि फूल’, ‘प्रकाश’, ‘झिंगेदाउ’, ‘प्रेम गीत ३’ लगायत फिल्म फेस्टिभलका लागि छनोट भइसकेका छन् । 

‘नेपालीमा के–कस्ता फिल्म बनिरहेका छन् भन्ने बारेमा प्रवासी दर्शकलाई थाहा दिन जरुरी छ । त्यसैले नेपाली परिवेश र नेपाललाई चिनाउने फिल्म छनोट गरेका छौँ’, विकासले भने । 

फेस्टिभलका लागि नेपालबाट एक दर्जन भन्दा बढी कलाकार लण्डन पुग्नेछन् । जसमा चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसी, नीर शाह, करिश्मा मानन्धर, दिनेश डिसी, सन्तोष सेन, स्वस्तिमा खड्का, आँचल शर्मा, पुष्प खड्का, अनुपविक्रम शाही, रीमा विश्वकर्मालगायत रहेका छन् ।

फेस्टिभल आगामी १८ फेब्रअरीदेखि २५ फेब्रुअरीसम्म चल्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्