
काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीस्थलमा 'नेपाल इलेक्ट्रिक पावर लाइट्स् अन्तर्राष्ट्रिय प्रदर्शनी' तथा 'नेपाल फर्मा एन्ड हेल्थ' प्रदर्शनी हुने भएको छ।
यही माघ ६ देखि माघ ८ सम्म हुने प्रदर्शनी नेपालको पहिलो, एकमात्र र सबैभन्दा बृहत् अन्तर्राष्ट्रिय ऊर्जा र विद्युत, औषधोपचार, स्वास्थोपचार तथा फार्मेसीसँगसँग सम्बन्धित हो।
जुन मिडिया स्पेस सोलुसन्स (एमएसएस) का साथै एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि (इटीएसआईपीएल) तथा फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रालिको संयोजकत्वमा आयोजना हुन लागेको हो ।
स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी कम्पनीहरूको स्टल तथा यस क्षेत्रमा कार्यरत व्यवसायी तथा संस्थाहरूको व्यापक सहभागिता रहने उक्त प्रदर्शनीको उद्घाटन उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र प्रसाद लिङ्देनले गर्ने काय्रक्रम तय भएको छ।
उद्घाटन माघ ६ गते बिहान साढे १० बजे आयोजकले जनाएको छ।