
छिमेकी मुलुकबाट अवैध रूपमा नक्कली लुब्रिकेन्ट बिक्री वितरण भइरहेको भन्दै म्याक लुब्रिकेन्टले कारबाही गर्ने चेतावनी दिएको छ।
वीरगन्ज, चितवन, जनकपुर, महेन्द्रनगर, पोखरा, गौरलगायतका ठाउँबाट केही समयदेखि पसलले छिमेकी मुलुकबाट अवैध रुपमा नक्कली म्याक लुब्रिकेन्ट आयात गरी बिक्री गरिरहेको पाइएको कम्पनीले जनाएको छ।
अटोबजारको लोकप्रिय म्याक लुब्रिकेन्ट्स दुईपांग्रेदेखि सानो गाडी तथा ठूलो गाडीमा समेत प्रयोग हुने सर्वाधिक रुचाइएको इन्जिन आयल हो ।
अटो क्षेत्रमा मात्रै सीमित नभएर इण्डस्ट्रियल प्रयोजनका लागि पनि प्रयोग हुने म्याक लुब्रिकेन्ट्स नेपाल, भारत, लगायत विभिन्न राष्ट्रहरूमा प्रयोग हुन्छन् ।
यस्ता नक्कली कार्यले इन्जिन खराब मात्र नभई राजस्वमा पनि धेरै नकारात्मक असर पार्ने बताएको छ।
सन् २०२२ देखि नेपालका लागि एक मात्र भारत पेट्रोलियमको म्याक लुब्रिकेन्ट्सका आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले भविष्यमा यस्ता गतिविधि बन्द नगरे ती व्यापारी र पसलहरूलाई कडा भन्दा कडा कारबाही गर्ने जनाएको छ ।