२८ असार २०८३, आइतबार

‘के लत बस्यो...’ले पायो २ मिलियन प्लस भ्युज

‘के लत बस्यो...’ले पायो २ मिलियन प्लस भ्युज

डा. प्रदीप कुमार मैनाली र तिलक सिंह पेलाको गजल ‘के लत बस्यो...’ले युट्युबमा २ मिलियन प्लस भ्युज पाएको छ ।

सार्वजनिक भएको ९ दिनमा आइतवार दिउँसोसम्म भिडियोले २० लाख बढी भ्युज पाएको हो । गीतको भ्युजको गति सुरुवाती दिनमा निकै कम थियो । गजल गीत जब स्रोता दर्शकहरुको कान र आँखामा पर्दै गयो, आफ्नो सामाजिक सञ्जालमा सेयर गर्न थाले । 

थुप्रै चर्चित कलाकारहरूले समेत गजललाई शब्द, संगीत र स्वरको त्रिवेणी भन्दै आफ्नो फेसबुक वालमा सेयर गरे । हजारौं स्रोता एवं दर्शकले टिकटक भिडियो बनाए । अनि विस्तारै गजलको भिडियोले युट्युबमा निकै राम्रो भ्युज पाउँदै गयो । 

डा. प्रदीप कुमार मैनालीको रचना रहेको गजललाई तिलक सिंह पेलाले संगीत र स्वर दिएका हुन् । रिदम कंडेलले गजलको एरेन्ज गरेका हुन् ।

कुनै तामझामबीना रेकर्डिङ स्टुडियोमा नै छायाँकन गरेर गजल सार्वजनिक गरिएको थियो ।

सुदूरपश्चिमको बैतडीका गायक पेला लामो समयदेखि शास्त्रीय सङ्गीतमा क्रियाशील छन् । यसअघि पनि उनका केही गीतलाई स्रोता दर्शकले निकै रुचाएका थिए । यद्यपि, उनी लामो समयपछि फेरि एकपटक गजल गीतमार्फत चर्चामा आएका हुन् । पछिल्लो समय भिडियोमा एकदमै तामझाम हुने तर अडियोमा हुनुपर्ने मेहनत घटेको गुनासो बढ्दै गएको छ ।​ 

तामझामबीना तयार गरिएको ‘के लत बस्यो...’ गजलले चर्चा पाएसँगै भने गीतमा अडियो पक्ष नै बलियो हुनुपर्ने पुष्टि भएको कलाकारहरूले बताएका छन् । उक्त गजललाई युट्युबमा समेत निकै राम्रा प्रतिक्रियाहरू आएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्