×

NTC

मन्त्रीलाई गाडी चित्त बुझाउन सकस

मन्त्रीहरूलाई गाडी चित्त नबुझेपछि समस्या– विक्रम पाण्डेलाई होचो भयो, रविलाई पुरानो !

माघ ९, २०७९

IME BANK INNEWS
Sarbottam
Premier Steels
Marvel

वर्तमान सरकार गठनपछि मन्त्रिपरिषद्को पहिलो बैठकले नै चालू आवमा नयाँ गाडी खरिद नगर्ने निर्णय गरे पनि मन्त्रीहरूले गाडीलाई लिएर तीव्र असन्तुष्टि व्यक्त गर्न थालेका छन् ।

yONNEX
Sagarmatha Cement

उपप्रधानमन्त्रीदेखि मन्त्री  र राज्यमन्त्रीसम्मले आफूहरूलाई उपलब्ध गराइएको गाडी थोत्रो रहेको भन्दै नयाँ गाडी व्यवस्थापन गर्न सम्बन्धित मन्त्रालयका सचिवदेखि सवारी व्यवस्थापन शाखासम्मलाई दबाब दिन थालेका हुन् ।


Advertisment
RMC TANSEN
shivam ISLAND

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, शहरी विकास मन्त्री विक्रम पाण्डे, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली लगायतबाट गुनासो आएको सम्बन्धित मन्त्रालयका अधिकारीहरूले स्वीकारेका छन् ।


Advertisment
Kumari
MAW JCB

गृह मन्त्रालय उच्च स्रोतका अनुसार उपप्रधान तथा गृहमन्त्री रवि  लामिछानेले आफूलाई दिइएको गाडी धेरै पुरानो भएको भनेर गुनासो गरेका छन् ।

Vianet communication
Laxmi Bank

'हो पनि, अहिले उहाँ चढिरहेको गाडी १० वर्ष पुरानो हो,' मन्त्रालयका एक उच्च अधिकारीले लोकान्तरसँग भने, 'प्रहरी प्रधान कार्यालयबाट झिकाइएको गाडी हो । बेलाबेलामा समस्या आउने गरेकाले पनि उहाँले गुनासो गर्नुभएको छ ।'

मन्त्री लामिछाने बा १ झ ६४४३ नम्बरको निलो गाडी चढिरहेका छन् । गृहमन्त्रीको गुनासोपछि कर्मचारीहरू अप्ठ्यारोमा छन् ।

'नयाँ गाडी खरिद गर्न सकिन्न, किनभने मन्त्रिपरिषद्कै निर्णय र स्वीकृत वार्षिक कार्यक्रममा पनि गाडी किन्न प्रतिबन्ध लगाइएको छ,' गृहका अर्का एक उच्चपदस्थ अधिकारीले भने, 'भएका गाडीलाई नै जसोतसो मर्मत गरेर चलाउनुबाहेक अन्य विकल्प छैन ।'

गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले भने आफूलाई यसबारे कुनै जानकारी नभएको बताए । 'उहाँले कहाँ र कसलाई गुनासो गर्नुभएको हो, त्यो कुरा मलाई जानकारी छैन,' पोखरेलले भने ।

उपप्रधान तथा गृहमन्त्री लामिछानेका सचिवालय प्रमुख दीपक बोहोराले पनि गाडीका विषयमा मन्त्रीले कुनै गुनासो नगरेको दाबी गरे ।

****

शहरी विकास मन्त्री विक्रम पाण्डेले पनि गाडीलाई लिएर गुनासो गरेका थिए । उनलाई मन्त्रालयले बा २ झ ३८४३ नम्बरको फर्चुनर गाडी उपलब्ध गराएको थियो ।

'बरु मेरै निजी गाडीमा सरकारी नम्बर प्लेट लगाएर चलाउन मिल्छ भने त्यसो गरे पनि हुन्छ भन्दै मन्त्रीज्यूले गुनासो गर्नुभएको थियो,' शहरी विकास मन्त्रालयका एक कर्मचारीले लोकान्तरसँग भने, 'मन्त्रीज्यू आफैं महंगो गाडीमा चढ्ने गर्नुहुन्थ्यो । सरकारले उपलब्ध गराएको गाडी उहाँको निजी गाडीजत्तिको सुविधासम्पन्न नहुँदा गुनासो गर्नुभएको होला ।'

शहरी विकास मन्त्रालयका प्रवक्ता प्रदीप परियारले पनि मन्त्री पाण्डेलाई गाडीमा केही अप्ठ्यारो भएको महसूस आफूहरूले गरेको बताए ।

'खास गरी उहाँको हाइट 'उचाइ' बढी छ । गाडी होचो भएकाले अलि समस्या भएको हो,' प्रवक्ता प्रदीप परियारले लोकान्तरसँग भने, 'उहाँलाई असहज भएको हो कि जस्तो लागेर अर्को गाडी व्यवस्था गरिएको हो ।'

सोमवार शहरी विकास मन्त्रालयमा पुग्दा मन्त्री पाण्डे चढ्ने दुईवटा गाडी प्रवेशद्वारअगाडि पार्क गरेर राखिएको थियो ।

फर्चुनर कम्पनीको बा २ झ ३८४३ नम्बरको गाडी पछाडि राखिएको थियो भने अगाडिपट्टि बागमती प्रदेश ०१-००२ झ ५२८४ नम्बरको गाडी थियो । दुवै गाडीमा राष्ट्रिय झण्डा छोपिएको थियो । अगाडि रहेको गाडीको उचाइ पछाडिको भन्दा अलि बढी थियो ।

केही समयपछि मन्त्रालयका कर्मचारीहरू बागमती प्रदेश ०१-००२ झ ५२८४ नम्बर गाडीको नम्बर प्लेट नापिरहेको अवस्थामा भेटिए । नापजाँचको प्रयोजनबारे सोध्दा उनीहरूले केही खुलाएनन् ।

अर्का एक कर्मचारीले भने त्यहाँ रहेका दुवै गाडी मन्त्रीका लागि भएको बताए ।

'आज पनि मन्त्रीज्यू पहिलेकै गाडीमा आउनुभएको थियो । गाडी सानो भयो भनेर गुनासो गर्दै आउनुभएका कारण स्थानीय पूर्वाधार विभागबाट नयाँ गाडी झिकाइएको हो,' ती कर्मचारीले लोकान्तरसँग भने, 'स्थानीय पूर्वाधार विभाग पहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत थियो । तर, अहिले त्यो विभाग यस मन्त्रालयमातहत नै रहेकाले मन्त्रीज्यूका लागि गाडी मगाइएको हो ।'

अहिले आएको गाडी १ करोड ३० लाख जति मूल्यको रहेको उनले खुलाए । 'मन्त्रीज्यू आफैं धेरै महंगो गाडी चढ्नुहुन्थ्यो होला, सरकारी गाडी उहाँलाई मन परेको छैन,' ती कर्मचारीले थपे, 'अझै पनि उहाँ सन्तुष्ट हुनुहोला भन्ने लागेको छैन ।'

****

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले पनि गाडीलाई लिएर असन्तुष्टि व्यक्त गरेकी छन् ।

उनलाई मन्त्रालयले ह्युन्डाइ कम्पनीको बा २ झ १०८९ नम्बरको कालो गाडी उपलब्ध गराएको थियो । तर, उक्त गाडी धेरै सानो भयो, पुरानो भयो भनेर राज्यमन्त्रीले गुनासो गरेकी थिइन् ।

गुनासोपछि मन्त्रालयले उनलाई स्कोर्पियो उपलब्ध गराएको छ । राज्यमन्त्रीलाई नयाँ गाडी उपलब्ध गराइएपछि पहिलेको गाडी पार्किङमा थन्क्याइएको छ । तीन दिनदेखि मन्त्रालयको पार्किङमा थन्किएको गाडी धुलाम्मे अवस्थामा भेटियो । त्यसमा पनि झण्डा छोपिएको अवस्थामा थियो ।

उनका सहयोगी विष्णुप्रसाद गैरेले पहिलेको गाडीलाई लिएर राज्यमन्त्रीले असन्तुष्टि व्यक्त गरेको स्वीकारे ।

'मन्त्रीज्यू अर्घाखाँचीको हुनुहुन्छ । उहाँलाई आफ्नो भूगोलमा जान समेत गाडी आवश्यक पर्ने हुनाले यो होचो गाडीले हुँदैन भनेर असन्तुष्टि व्यक्त गर्नुभएको थियो,' गैरेले लोकान्तरसँग भने, 'एक त गाडीको हाइट पनि कम थियो, अफरोडमा चल्ने गाडी आवश्यक परेको हुनाले अर्को गाडी माग्नुभएको हो ।'

तीन दिनअघि मात्र स्कोर्पियो उपलब्ध गराइएको उनले बताए ।

यी त केही उदाहरण मात्र हुन्, अन्य मन्त्रीबाट पनि विभिन्न किसिमका गुनासो आइरहेको गृह मन्त्रालयका एक सहसचिवले बताए ।

'हुन त स्कोर्पियो, स्टोर्मलगायतका गाडीहरू निकै पुराना भइसकेका छन्,' ती सह-सचिवले लोकान्तरसँग भने, 'संघीय मन्त्री भएर पनि पालिका प्रमुखले चढ्ने भन्दा पनि थोत्रा गाडी दिएको भनेर मन्त्रीज्यूहरूले असन्तुष्टि व्यक्त गरिरहनुभएको छ ।'

खानेपानी मन्त्रीको जिम्मेवारी तोकिएका अब्दुल खानले पनि गृहमन्त्रालयले उपलब्ध गराएकै गाडी चढिरहेका छन् । मन्त्रालय नतोकिँदा विना विभागीय मन्त्रीको हैसियतमा गृहको गाडी उपलब्ध गराइएको थियो । खानेपानी मन्त्रालयमा हाजिर नभएकाले मन्त्रालयको गाडी उनलाई उपलब्ध नगराइएको उक्त मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २९, २०८०

जाजरकोट भूकम्पले दुई मानवीयसँगै ठूलो भौतिक संरचनामा क्षति पुर्‍यायो । सयौँ घरबारविहीन भए । प्रभावित क्षेत्रका नागरिकका लागि यो तिहार खल्लो भएको छ । उनीहरूको तिहार मनाउने सपना यसपटक पूरा हुन सकेन । ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

व्यवस्थामाथि हैन, 'असफल' नेतामाथि खतरा

व्यवस्थामाथि हैन, 'असफल' नेतामाथि खतरा

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

x