
हिमालयन बैंक लिमिटेडले आफ्नो सेवा–सुविधा विस्तार गर्ने क्रममा बागमती प्रदेशको महाराजगन्जस्थित कान्ति बाल अस्पतालमा माघ ४ गते बुधबारदेखि थप दुई बिल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ ।
बैंकले कान्ति बाल अस्पतालको आकस्मिक वार्ड र बाल मनोरोग वार्डमा आउने बिरामीहरू र बिरामीहरूका परिवारजनलाई लक्षित गरी सो काउन्टरहरू स्थापना गरेको हो ।
उक्त भुक्तानी काउन्टरहरूले सार्वजनिक बिदाबाहेक अन्य दिनहरूमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ग्राहकहरूलाई सेवा प्रदान गर्नेछन् ।